Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लकडाउन केन्द्रित सरोकारवाला निकायसँग छलफल

उद्योगी–व्यवसायी, यातायात, राजनितिक दल, स्थानीय तह र सञ्चारकर्मीहरू सहभागी हुने


  • लुम्बिनी चिन्तन
  • बैशाख १४, २०७८ मंगलवार
  • 870
    SHARES

लकडाउन केन्द्रित सरोकारवाला निकायसँग छलफल

भैरहवा । रुपन्देहीमा दिनानुदिन संक्रमण थपिदै गएको छ । सोमबार सम्म जिल्लामा कुल सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ७० पुगेको छ । सोमबार साझ बसेको मन्त्रीपरिषदको बैठकले पहाडी क्षेत्रमा २ सय र सहरी क्षेत्रमा ५ सयभन्दा धेरै सङ्क्रमित हुने वित्तिकै निषेधाज्ञा लगाउने सीसीएमसीको निर्णयलाई सदर गरेको छ । बैठकले निर्णयलाई सदर गर्दै जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र डिसीसीएमसीलाई लकडाउन वा निषेधाज्ञा लगाउन सक्ने अधिकार दिएको छ । 

सो निर्णयलाई कार्यान्वयन गर्नुु भन्दा अगाडि जिल्लामा बढ्दै गरेको कोरोना संक्रमण र नियन्त्रण तथा रोकथामका बारेमा डिसीसीएमसीका संयोजक तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले यस क्षेत्रका उद्योगी–व्यवसायी, यातायात व्यवसायी, राजनितिक दल, स्थानीय तह र सञ्चारकर्मीहरुसँग छलफल गरी निर्णय लिने बताइएको छ ।

जिल्ला प्रसासन कार्यालयमा विहान ११ बजेदेखी छलफल सुरु हुने र निषकर्श सहितको सूचना सबैमा जारी हुने प्रसासन कार्यालय स्रोतले जानकारी दिएको छ ।  बैठकले कहिलेबाट लकडाउन वा निषेधाज्ञा लगाउने विषयमा निर्णय लिनेछ । अहिले जिल्लावासीका अधिकांसले लकडाउन गर्ने विषयमा आवाज उठाइरहेका छन । 

कोरोना संक्रमण बढ्दै गएपछि केही दिन अघि रुपन्देहीको सबै शैक्षिक संस्था बन्द गरी सञ्चालित परिक्षा पनि अर्को सूचना नभएसम्मको लागि स्थगित गरेको छ ।  त्यसै गरी भिडभाडजन्य गतिविधिमा रोक, आजदेखी जिल्ला भित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोरविजोर प्रणाली लागू गरेको छ । 

सरकारले काठमाण्डौ उपत्यकाका तीनसहित कोरोना अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को सोमवार रातिको बैठकले भने १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रहरी कार्यालय

  • लुम्बिनी चिन्तन

    थप समाचार