Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कुनै पनि हालतमा बजेट फ्रिज हुन दिदैनः मन्त्री पाण्डेय


  • लुम्बिनी चिन्तन
  • बैशाख १४, २०७८ मंगलवार
  • 824
    SHARES

कुनै पनि हालतमा बजेट फ्रिज हुन दिदैनः मन्त्री पाण्डेय

भैरहवा । भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले कुनै पनि हालतमा बजेट फ्रिज हुन नदिने बताएका छन ।
उद्योग व्यापार संगठन रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको स्वागत, बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका मन्त्री पाण्डेयले आफूले मन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि कुनै पनि हालतमा फ्रिज हुन नदिन गरी काम गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएको बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालिसकेपछि अब नागरिकलाई महसुस हुने गरी काम गर्ने उनले बताए । अहिले प्रदेश सरकारमा असजपरिस्थिति नरहेको र जसपाले सम्हालेको मन्त्रालयमा कुनै बाधा अवरोध नभएको मन्त्री पाण्डेयको भनाइ छ । जनताको करबाट उठेको पैसा जनताकै विकासको लागि खर्च हुने मन्त्री पाण्डेयले बताए । स्वास्थ्य, पर्यटन क्षेत्रलाई प्राथमिकता दिदै अगाडी बढ्ने उनको भनाइ छ । उनले बैंक व्याजदर कम गर्ने र व्याज तिर्ने अवधि बढाउन प्रदेश सरकारबाट पहल गरिने बताए ।

लुम्बिनी प्रदेश पर्यटनको क्षेत्रमा अगाडी रहेको र यसको व्यवस्थापन गरे पर्यटनको प्रदेश भनेर अगाडी बढाउन सकिने उनले बताए । उनले सांसद र मन्त्री बनिसकेपछि गाडी किन्नुपर्ने र घर बनाउनुपर्ने भन्ने मानसिकताबाट अब माथि उठ्नुपर्ने बताए । ‘जुन देशमा नेता र कर्मचारी धनी हुन्छन, त्यो देश आर्थिक रुपमा सम्पन्न हुन सक्दैन,’ मन्त्री पाण्डेयले भने । त्यस्तै उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले अर्थतन्त्र धरासायी हुन नदिन उद्योग व्यवसाय बन्द गर्न नहुने बताए । उनले बिहे भोजको नाममा गरिने भिड र शैक्षिक संस्था केही समयको लागि बन्द गरे पनि स्वास्थ्य मापदण्ड अपनाएर उद्योग व्यवसाय सञ्चालन गर्न दिनुपर्ने बताए । संगठनका निवर्तमान अध्यक्ष खिम बहादुर खत्रीले कोरोना संक्रमित विरामीहरुले उपचार पाउने वातावरणको सिर्जना हुनुपर्ने बताए । उनले उपचार नपाएर मृत्युको अवस्थामा पुग्न नदिन सरकार जिम्मेवार बन्नुपर्ने बताए ।

कार्यक्रममा संगठनका सल्लाहकार चोपलाल आचार्य, मदिरा व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष केशवराज ज्ञवाली, सिद्धार्थ होटल एशोसियनका उपाध्यक्ष किशोर जोशी, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष गणेश प्रसाद बेल्बासे लगायतले  सबैभन्दा पहिला आफ्नो निर्वाचन क्षेत्रलाई प्राथमिकता दिई यस क्षेत्रको अभिभावकत्वको भूमिका खेल्नुपर्ने, यस क्षेत्रको विकासमा तीव्रता दिलाउनु पर्ने, होटल व्यवसाय उठ्न नसक्ने अवस्थामा रहेकोले पर्यटन क्षेत्रमा प्रदेश सरकारले जोड दिनुपर्ने अवस्थामा रहेकाले मन्त्री पाण्डेयसमक्ष अग्राह गरे ।
संगठनका अध्यक्ष भण्डारीको अध्यक्षता, महासचिव अनिल कुमार ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार