Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रूपन्देहीमा बैशाख १६ गते देखी निषेधाज्ञा आदेश


  • लुम्बिनी चिन्तन
  • बैशाख १५, २०७८ बुधवार
  • 1.8K
    SHARES

रूपन्देहीमा बैशाख १६ गते देखी निषेधाज्ञा आदेश

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भोली बैशाख १६ गते देखी जिल्लाभरी निषेधाज्ञा आदेश गरेको छ । 
रुपन्देहीमा कोरोना संक्रमण दर बढदै गएपछि कार्यालयले भोलि बिहान ६ बजे देखि बैशाख ३० गते विहान ६ बजे सम्मका लागि लकडाउन (निषेधाज्ञा) लगाइएको हो ।
निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने भएको छ । अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ ।
जसमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु रहेका छन् । त्यसै गरी अति आवश्यक बाहेकका पसल व्यवसाय बन्द गरिने भएको छ ।  
७ वटा प्रोटोकाललाई प्रभावकारी रुपमा कार्यान्यवयन गराउन प्रशासन आक्रमक रुपमा लाग्ने बताउदै प्रजिअ तामाङले अनावश्यक रुपमा हिड्ने लाई एक महिना सम्म कैद गर्ने सम्मको निर्देशन दिएको जानकारी दिए ।
लकडाउन अगावै प्रजिअ तामाङले यस क्षेत्रका उद्योगी–व्यवसायी, यातायात व्यवसायी, राजनितिक दल, स्थानीय तह र सञ्चारकर्मीहरुसँग लकडाउनको मोडालिटीबारे छलफल गरेका थिए । लकडाउन पछि आवगमन ठप्प हुन्छ, सबैको सहयोग र समन्वयको अपेक्षा छ प्रजिअ तामाङले भने ।
जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको, कुनै पनि भेला, भिडभाड जम्मा हुन, मानिसहर भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको जारी सूचनामा उल्लेख छ ।
 जारी गरीएकाे आदेश

176994418_272985911139244_6108990655501993340_n.jpg176593158_248374473697391_4461156318266789660_n.jpg180232918_1111852179335816_7056755035149687364_n.jpg


लुम्बिनी चिन्तन

थप समाचार