Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

निषेधाज्ञालाई प्रभावकारी रुपमा लागू गराउने तिलोत्तमाको निर्णय

सि.आई.सि.टी. टिम परिचालन


  • लुम्बिनी चिन्तन
  • बैशाख १५, २०७८ बुधवार
  • 1.3K
    SHARES

निषेधाज्ञालाई प्रभावकारी रुपमा लागू गराउने तिलोत्तमाको निर्णय

तिलोत्तमा। तिलोत्तमा नगरपालिकाले कोरोना महामारी नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञालाई नगर क्षेत्रमा प्रभावकारी रुपमा लागू गराउन विभिन्न निर्णयहरु गरेको छ । नगर कार्यपालिकाको बुधबार आकश्मिक रुपमा बसेको बैठकले नगर क्षेत्रमा कोरोना संक्रमण तीव्र गतिमा बढेको निष्कर्ष निकाल्दै नियन्त्रणको लागि निषेधाज्ञालाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले रुपन्देही जिल्लाभर वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख ३० गते बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । तिलोत्तमाको कार्यपालिका बैठकले निषेज्ञधाज्ञाको कार्यान्वयनसँगै स्वास्थ्य सुरक्षाका मापदण्डको परिपालना र स्वास्थ्यकर्मीको परिचालनलाई प्रभावकारी बनाउन विभिन्न निर्णय गरेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । बैठकले संक्रमितहरुलाई अनिवार्य रुपमा होम आइसोलेशन वा नगरपालिकाले निर्माण गरेको आइसोलेशनमा बस्न÷बसाल्न जनप्रतिनिधि, टोल विकास संस्थाहरुसँग समन्वय गर्ने, संक्रमितको स्वास्थ्य अवस्था बुझ्न र आधारभूत औषधि उपलब्ध गराउन सि.आई.सि.टी. टिम परिचालन गर्ने निर्णय गरेको छ ।

यस्तै कार्यपालिका बैठकले कोरोना फोकल पर्सनको रुपमा जनस्वास्थ्य निरीक्षक केशव भट्टराईलाई तोकेको छ भने शंकरनगर आइसोलेशन सेन्टरमा स्वास्थ्यकर्मीको यथोचित व्यवस्थापन गर्ने, स्वास्थ्य संस्थाहरुलाई कोरोना नियन्त्रण अभियानमा प्रभावकारी रुपमा परिचालन गर्नेलगायतका निर्णय समेत गरेको छ । बैठकमा स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेल र जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले नगरपालिकाले हालसम्म गरेका कोरोना नियन्त्रण सम्बन्धी काम र कोरोना संक्रमणको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । बैठकले कोरोना नियन्त्रण अभियानको सन्दर्भमा नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीलगायतका जनप्रतिनिधि रहेको  निर्देशक समिति समेत गठन गरेको छ ।

सो अवसरमा नगर प्रमुख घिमिरेले अहिलेको कोरोना महामारी निकै खतरापूर्ण रहेको तथ्य सार्वजनिक भैरहेको भन्दै संक्रमणलाई रोक्न सबैले आ—आफ्नो ठाउँबाट प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउनुभयो । तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा उपचारको लागि शंकरनगरमा २० बेडको अक्सिजन सहितको आइसोलेशन सञ्चालन गरेको छ । यस्तै बिरामीलाई अस्पताल वा आइसोलेशन सेन्टरसम्म पुर्याउन एम्बुलेन्सको व्यवस्था गरेको छ भने  संक्रमणको लक्षण देखिएका, जोखिममा रहेकाहरुलाई स्वास्थ्य संस्था र सिआइसिटी टिमको सिफारिसको आधारमा शंकरनगरमा एन्टिजन परीक्षणको व्यवस्था मिलाएको छ ।


  • सम्बन्धित विषय:

  • # तिलाेत्तमा

  • लुम्बिनी चिन्तन

    थप समाचार