Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कोरोना अस्पतालमा उपचाररत तीन संक्रमितको मृत्यु


  • लुम्बिनी चिन्तन
  • बैशाख १६, २०७८ बिहिवार
  • 638
    SHARES

कोरोना अस्पतालमा उपचाररत तीन संक्रमितको मृत्यु

भैरहवा । रुपन्देहीमा तीन जना कोरोना संक्रमितको एकैदिन मृत्यु भएको छ । बुटवल उपमहानगरपालिकाका दुई जना पुरुष  र मायादेवी गाउँपालिकाकी एक जना महिलाको मृत्यु भएको हाे । 

उनीहरुको लुम्बिनी प्रदेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए । 

बुटवल–११ का ३१ वर्षीय पुरुषको बिहान २ः३० बजे, बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान २ः४५ बजे र मायादेवीकी ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १८४ पुगेको छ । हाल जिल्लामा २२ सय १२ जना सक्रिय संक्रमित छन् । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आइसियूमा हाल १२ जना संक्रमित उपचाररत रहेका डा. गौतमले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार