Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

निषेधाज्ञा कार्यान्वयन गराउदै प्रशासन, दिल्लीबाट आएका ३ जनामा संक्रमण


  • लुम्बिनी चिन्तन
  • बैशाख १६, २०७८ बिहिवार
  • 784
    SHARES

निषेधाज्ञा कार्यान्वयन गराउदै प्रशासन,  दिल्लीबाट आएका ३ जनामा संक्रमण

भैरहवा । कोरोना संक्रमणको दोस्रो लहर रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले आज विहान ६ वजेदेखि निषेधाज्ञा लागू गरेको छ । निषेधाज्ञालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुरक्षा संयन्त्र कडा रुपमा लागेपछि रुपन्देहीको भैरहवा, वेलहिया, धकधई तथा मर्चवार क्षेत्र सुनसान बनेको छ ।
जिल्लाका सुरक्षा निकायका प्रमुखहरु  स्वंय फिल्डमा कडा रुपमा उत्रेपछि भैरहवामा लकडाउन प्रभावकारी देखिएको छ । अत्यावश्यक कामबाहेक अन्य कुनै पनि प्रयोजनका लागि हिंडडुल गर्न नपाइने गरी जारी गरिएको निषेधाज्ञाको कतिपय सर्वसाधारण यूवापिढीले हल्का रुपमा लिइएपछि प्रहरीले अन द स्पट कारबाही गर्न थालेपछि थप प्रभावकारी बनेको हो । 
फाटफुट रुपमा केही सवारी साधान र सर्वसाधारण देखिएपनि सुरक्षाकर्मीले सम्झाई बुझाई फिर्ता पठाईरहेको छौ । यस्तो अवस्थामा पनि उल्लङ्घन गरे यथास्थानमा संक्रामक रोगसम्बन्धी ऐन २०२० अनुसार नियन्त्रणमा लिएर कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सत्य नारयाण थापाले बताए ।

1-16 (3).JPG
विवाहले गर्दा फाटफुट सवारीसाधन चलिरहेको छ, मानिसहरुको आवतजावत र जमघट हुन नदिन  सुरक्षाकर्मीको उपस्थिती बाक्लो छ, निषेधाज्ञाको अवज्ञा गर्दै खुलेका पसलहरु पनि सुरक्षाकर्मीले  बन्द गराएका छन । भैरहवा क्षेत्र मात्र होइन ग्रामिण तथा भित्री क्षेत्र धकधई, बेथरी, मर्चवार, लुम्बिनी लगायतका क्षेत्रमा पनि प्रहरी परिचालन गरी पूर्ण रुपमा बन्द गरिएको थापाले जानकारी दिए ।
बेलहियाको सीमा नाकाबाट मालबाहक सामान बोक्ने गाडी केही आए पनि भैरहवा बजार सुनसान बनेको छ । मेडिकलका पसल, पेट्रोल पम्प लगायतका अत्यावश्यक पसलहरु खुलेपनि अन्य कुनै पनि प्रकारका पसल खुलेको छैन । मूल चोक र सडकहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सुरक्षाकर्मीको उपस्थिति छ, अनावश्यक रुपमा हिडिरहेका गाडीहरुलाई यथास्थानमै नियन्त्रणमा लिने गरी प्रहरी खटाइएको छ । 

दिल्लीबाट आएका ३ जनामा संक्रमण पुष्टि
वेलाहिया नाकाहुदै भारतको दिल्लीबाट  आएका ३ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । 
नेपाल फर्किने क्रममा बेलहिया स्थित हेल्थ डेस्कमा स्वास्थ्य परिक्षण गर्दा यनीहरुमा संक्रमण पुष्टि भएको हो । बिहीबार दिउसो १ बजे सम्म वेलहिया नाकाबाट २ सय ५४ जना नेपाली स्वदेश फिर्ता भएको मध्ये २२ जनामा कोरोनाको लक्षण देखिएको थियो । संकास्पद २२ जनाको आरडिटी एन्टिजीन परिक्षण गर्दा ३ जनामा रिएक्टीभ अर्थात कोरोना पोजिटिभ देखिएको इलाका प्रहरी कार्यालय वेलहियाका प्रमुख प्रहरी निरिक्षक नविन पौडेलले जानकारी दिए ।

1-16 (5).JPG
पोजिटिभ देखिएका तीनै जना भारतको दिल्लीबाट आएका हुन । जसम्ध्ये २ जना नवलपुर र १ जना गैडहवाका रहेको छन । संक्रमितलाई सम्बन्धित पालिकासँग समन्वय गरेर पठाउने तयारी भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार