Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह


  • लुम्बिनी चिन्तन
  • बैशाख १७, २०७८ शुक्रवार
  • 490
    SHARES

एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृतरूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन अनुरोध गर्नुभएको हो ।

ुकोभिड–१९ को सङ्क्रमण बढ्दै गएर व्यवस्थापनमा चुनौतीहरु थपिँदै जाँदा नियमित स्वास्थ्य सेवा लिन तथा सङ्क्रमितलाई अस्पताल पुर्याउन समस्या भइरहेको अवस्था छु, पत्रमा भनिएको छ, त्यसैले जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरु जिल्लाभित्र एकीकृतरूपमा परिचालन गरी सेवाग्राहीलाई सहज हुने गरी १०२ नंको व्यवस्था गरिदिन अनुरोध छ ।


लुम्बिनी चिन्तन

थप समाचार