Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रूपन्देहीमा २ काेराेना संक्रमितको मृत्यु


  • लुम्बिनी चिन्तन
  • बैशाख १८, २०७८ शनिवार
  • 582
    SHARES

रूपन्देहीमा २ काेराेना संक्रमितको मृत्यु

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको शनिबार बिहानै मृत्यु भएको छ। 

कोभिड १९ पुष्टि भएर अस्पताल भर्ना भएकी नवलपरासीकी ४५ वर्षीया महिलाको बिहान ४ बजे र रुपन्देहीका ५५ वर्षीय पुरुषको बिहान पौने ६ बजे मृत्यु भएको हो। 

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। विष्णु गौतमका अनुसार रामग्रामकी महिला कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार अस्पताल भर्ना भएकी थिइन्। रुपन्देहीका पुरुष बिहीबार अस्पताल भर्ना भएका थिए। 

दुवैमा श्वासप्रश्वासमा समस्या देखिएको डा गौतमले बताए। योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२ पुगेको छ। रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ३ हजार नजिक पुगेको छ। 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार