Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा मुख्यमन्त्री पोखरेलले दिए शुभकामना


  • लुम्बिनी चिन्तन
  • बैशाख १८, २०७८ शनिवार
  • 1.1K
    SHARES

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा मुख्यमन्त्री पोखरेलले दिए शुभकामना

बुटवल । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शुभकामना दिएका छन् । शुभकामना दिँदै उनले नेपाली समाजमा लामो समयसम्म श्रमलाई हेयको दृष्टिले हेर्ने गरिएको बताउँदै कतिपय क्षेत्रहरुमा नेपाली श्रमशक्तिको सहभागिता नदेखिनुले यस्तो समस्या आएको बताए । उनले श्रम शक्तिको सम्मानको वातावरण अझ राम्रो बनाउन आफुहरु दृढ संकल्पित रहेको बताए । राजनीतिक आन्दोलन र क्रान्तिको सफलतामा श्रमिकवर्गको सहभागिता र बलिदान अविस्मरणीय रहेको उनले जारी गरेको शुभकामना विज्ञप्तिमा उल्लेख गरिएको छ ।


शुभकामना सन्देश

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा समस्त श्रमजीवी दाजुभाइ दिदीबहिनीलाई म हार्दिक शुमकामना व्यक्त गर्दछु ।
नेपाली समाजमा लामो समयसम्म श्रमलाई हेयको दृष्टिले हेर्ने गरियोे । श्रमका कतिपय क्षेत्रहरुमा नेपाली श्रमशक्तिको सहभागिता नदेखिनुको प्रमुख कारक हेयको दृष्टिले हेर्ने सामाजिक मान्यता हो । जसवाट वर्षेनी अरवौको पूँजी रेमिट्यान्सका रुपमा पलायन भइरहेको छ । श्रम शक्तिको विकास र सम्मानको वातावरणवाट नै समृद्ध राष्ट्रको निर्माण सम्भव छ । श्रम शक्तिको सम्मानको वातावरण बन्दै गएको छ, यो नेपाली समाजका लागि खुशीको विषय हो । श्रम शक्तिको सम्मानको वातावरण अझ राम्रो बनाउन हामी दृढ संकल्पित छौं ।
मुलुकमा आजको यो परिस्थिति २००७, २०४६ र २०६२।०६३ मा भएका राजनीतिक आन्दोलन र क्रान्तिको सफलतावाट निर्माण भएको हो । उक्त आन्दोलनमा नेपाली श्रमिकवर्गको सहभागिता र बलिदान अविस्मरणीय छ । नयाँ संविधानले एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाको अन्त्य गरी संघात्मक र समाजवादउन्मुख राज्यव्यवस्थाको स्थापना गरेको छ । संविधानले व्यवस्था गरेको समाजवादउन्मुख राज्यव्यवस्था व्यवहारमा कार्यान्वयन गर्दै जाँदा समाजमा वर्गीय विभेदको खाडल पुरिदै जाने निश्चित छ । श्रमिकवर्गको हितका लागि सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरी कार्यान्वयन अघि बढाएको छ । स्वदेशमा कार्यरत श्रमिकहरूको बैंकर्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा १२ हजार रोजगारदाता र दुई लाख श्रमिक आबद्ध गरिएको छ । यो कार्यक्रमलाई अझ विस्तार गर्दै अघि बढ्नुपर्ने छ ।

यतिखेर हामी विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको संघर्षमा छौं । नागरिकलाई कोरोना भाइरसबाट संक्रमित हुन नदिन सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न हार्दिक अपील गर्दछु । कोरोना विरुद्धको संघर्षमा तीन तहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढिरहेको र यो यात्रामा नागरिक सहयोग महत्वपूर्ण छ । महामारी शुरु भएपछि स्वास्थ्य क्षेत्रमा पूर्वाधार र जनशक्ति बढाइएको छ । लुम्बिनी प्रदेशमा चार वटा कोरोना विशेष अस्पताल सञ्चालन गरेर संक्रमितको उपचार अघि बढाइएको छ । यी अस्पताल सहित अन्य अस्पतालमा समेत कोरोना संक्रमितको उपचारका लागि क्षमता बढाउने गरी काम भइरहेको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रमशक्तिको सम्मान र विकासवाट समृद्ध नेपाल निर्माण सम्भव हुन्छ भन्ने मान्यताका आधारमा अघि बढ्न म हार्दिक अपील गर्दछु । सम्पूर्ण श्रमजीवी वर्गमा अन्तर्राष्ट्रिय श्रमिक दिवस ९मई १०को उपलक्षमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मुख्यमन्त्री
शंकर पोखरेल


लुम्बिनी चिन्तन

थप समाचार