Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

स्वास्थ्य मन्त्रालयका प्रवक्ता पुगे वेलहिया सिमा निरिक्षणमा


  • लुम्बिनी चिन्तन
  • बैशाख १८, २०७८ शनिवार
  • 2.4K
    SHARES

स्वास्थ्य मन्त्रालयका प्रवक्ता पुगे वेलहिया सिमा निरिक्षणमा

भैरहवा । सिमामा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा स्वास्थ्य सामाग्रीको अभाव देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख प्रा डा.जागेश्वोर गौतमले वेलहिया नाकाको निरिक्षण गरेका छन । 
कोभिड–१९ को दोस्रो लहर छिमेकी मुलुक भारतमा तिव्र गतिमा बढेकाले नेपालमा थप संक्रमण हुन सिमामा खटिएका सुरक्षाकर्मी र भारतबाट आउने नेपालीहरुलाई प्रवेश विन्दुमा नै व्यवस्थित गर्नु पर्ने बताए । कोरोना भाईरस नियन्त्रणका लागि नेपाल प्रवेश गर्ने नाकाहरुलाई थप व्यवस्थित गर्नु पर्ने आवश्यकता छ,  शनिवार लुम्बिनी प्रदेशका विभिन्न नाका निरीक्षणका क्रममा वेलहिया नाकाको अवलोकन गर्दै उनले भने सिमामा खटिएका स्वास्थ्य कर्मी तथा सुरक्षाकर्मीका लागि बन्दोवस्तीका सामग्रीको अभाव रहेको बताए । 

लुम्बिनी प्रदेशकका मुख्य नाकाहरुलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्दै निरिक्षणमा रहेका  प्रवक्ता गौतमले भाइरसले रुप परिवर्तन गरेकोले यसलाई कोही एक्लैले न्युनिकरण गर्न सम्भव नरहेकोले भाइरसको चेन ब्रेक गर्न स्थानीय सरकारले अपनत्व दिनु पर्ने बताए । संक्रमण नियन्त्रणबाट बाहिर जान नदिन सबै संघसंस्था,व्यतिmले आआफ्नो तर्फबाट यसको नियन्त्रणका लागि भुमिका खेल्नु पर्ने प्रवतmा गौतमले बताए । बाहिरबाट आउने संक्रमितलाई सिधै समुदायको संम्पर्कमा जान नदिनका लागि सरकारले थप सतर्कता अपनाउने उनले बताए । यसैलाई मध्येनजर गर्दै सिमामा खटिएका सुरक्षा कर्मीहरुका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको उनले जानकारी दिए ।_DSC0979.jpg

सामान्तया अहिलेको दर हेर्ने हो भने संक्रमण करिब ६ लाख पुग्ने प्रक्षेपण गरेका छौ, हाम्रो प्रक्षेपण गलत ठहरियोस भन्ने चाआन्छौ किनभने कतिपय ठाँउमा निषेधाज्ञा लगाएका छौ, आवगमन ठप्प गरेका छौ जसले संक्रमण घट्नु पर्छ तर नयाँ भाइरसले छिटो संक्रमण गर्ने, छिटै सिकिस्त बनाउने र  मृत्यु दर पनि बढि रहेकोले यस्ले धेरै असर गर्र्र्र्र्र्र्र्र्ने बताए । काम पन्छाउनु भन्दा सबै मिलेर कोभिड–१९ विरुद्धको लडाई लड्नु पर्ने छ र न जिति नहुने बाध्यतारहेको उनले बताए । 

मन्त्रालयले नाकालाई बन्द गर्नु भन्दा पनि नेपाल आउने नागरिकलाई बन्देज नलगाई सिमा विन्दुमा नै मास्क परिवर्तन गरी नयाँ मास्क लगाउने, स्यानिटाइज गरी शंकास्पदलाई एन्टीजिन परिक्षण गर्ने बताए । सिमामा प्रयाप्त रुपमा एन्टिजीन कीट नभएको स्वीकार्दै डा गौतमले अबको एक सातामा डेढ लाख किट नेपाल आउने र तत्काल सिमा क्षेत्रको डेस्कमा पु¥याउने बताए । भारतबाटआएका संक्रमितलाई कसरी घर सम्म पु¥याउने समस्या सिमा क्षेत्रका हेल्थ डेस्कमा रहेको छ, यसलाई पनि तत्काल समाधान गर्न हामी छलफल गरेर निचोड निकाल्ने बताए । 
सिमित स्रोत साधानको वावजुद सिमामा २४ घण्टा खटिएका सुरक्षाकर्मीहरुलाई काम गर्न सहज होस र संक्रमणलाई प्रवेश विन्दुमा नै केही हद सम्म संक्रमण रोक्नका लागि मन्त्रालयले विभिन्न दातृ निकायको सहयोगमा सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधानलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छ ।

_DSC0984.jpg

मन्त्रालयका प्रवक्त गौतमले सशस्त्र प्रहरी बल नम्बर ५ विन्दवासिनी बाहिनीका बाहिनीपति एक लाख १० हजार थान मास्क, १० थान टेन्ट, ३ हजार थान एन्टिजीन किट, ५ सय जोडी ग्लोब्स, एक हजार २० लिटर  स्यानिटाइजर, १ हजार ५ सय ५० थान फेस सिल्ड, ३० थान पिपिई सेट, ११ थान कन्टयाक्ट लेस हयाण्ड वासिङ स्टेशन लगायतका सामाग्री हस्तान्तरण गरेका हुन ।  सामाग्री बुझदै सशस्त्र प्रहरी नायब महानिरिक्षक प्रधानले प्राप्त सामाग्रीलाई यथासक्य चाडो लुम्बिनी प्रदेशका भारतसँग जोडिएका ६ वटै जिल्लाका सबै नाकामा पु¥याई चेन ब्रेक गर्न सहयोग पु¥याउने बताए । 

रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले न्युनतम स्रोत साधानलाई  अधिकतम प्रयोग गरेर कोभिडलाई परास्त पार्ने अभियानमा लागेको बताए । जनशक्ति र स्रोत साधानले नै परिक्षण पुर्ण रुपमा हुन नसकेको बताउदै प्रजिअ तामाङले कोभिड अस्पतालमा मेडिकल अफिसरहरु कमि, संक्रमितलाई ओसारपसार गर्न डेडिकेटेड एम्बुलेन्स लगायतका समस्याहरु रहेकोले प्रवक्ता गौतमलाई ध्यानाकषर्ण गराएका थिए ।

मन्त्रालयले प्रत्येक सिमानााका एक हजार अट्ने होल्डिङ सेन्टर बनाउने निर्देशन दिएकोले रुपन्देहीको हकमा विशेष आर्थिक क्षेत्र सेजमा तयारी भइरहेको बताउदै प्रजिअ तामाङले स्रोत र साधानको कमि रहेकोले व्यवस्थापन गर्न आग्रह गरे । निरिक्षणमा सिद्धार्थनगर नगरपािलकाका उप प्रमुख उमा काफ्ले, प्रशासकिय अधिकृत तुलसीराम मारासिनी, स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर राजेन्द्र गिरी, जिल्लाका सुरक्षा निकायका प्रमुख, युनिसेफ तथा डब्लु एच ओ का प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार