Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

वेलहियाबाट नेपाल प्रवेश गरेका १२ जनामा संक्रमण


  • लुम्बिनी चिन्तन
  • बैशाख १८, २०७८ शनिवार
  • 770
    SHARES

वेलहियाबाट नेपाल प्रवेश गरेका १२ जनामा  संक्रमण

भैरहवा। शनिवार सिमानाका हुदै नेपाल प्रवेश गरेका १२ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । नेपाल भारत सिमानाका वेलहियाबाट नेपाल प्रवेश गरेका ५८ जनाको एन्टीजेन परिक्षण गर्दा ३ जना महिला तथा ९ जना पुरुषमा एन्टीजेन पोजेटिभ देखिएको वेलहियामा रहेको होल्डिङ सेन्टरका ल्याव टेक्निसियन लोकेन्द्र कडेलले जानकारी दिए ।

यो तथ्यांक शनिवार दिउंसो २ बजेसम्मको हो । यस्तै सोही नाका हुदै बैशाखको १६ गते नेपाल प्रवेश गरेका ४१ जनामा ३ जना पोजेटिभ भेटिएका थिए भने  १७ गते शुक्रबार ४३ जनाको परिक्षण गर्दा कोहीपनि पोजेटिभ केस नभेटिएको कंडेलले बताए ।  
नाका प्रवेश गरी नेपाल आउनेहरुलाई तापक्रम लिने र शंका लागेमा एन्टीजेन परिक्षण गरिएको छ । संक्रमित भेटिएकाहरुलाई सिधै आईसुलेट गर्न नसक्दा घरमै जाने गरेका छन् । संक्रमित मध्ये एक जनालाई श्वासप्रश्वासमा समस्या भएकोले भैरहवास्थित भिम अस्पतालमा पठाईको उनले जानकारी दिए । 

नाकामा राखिएको एउटा हेल्थ डेस्कमा ज्वरो नाप्ने काम मात्र भइरहेको छ भने संक्रमणको शंका लागेकाहरूको मात्रै ऐन्टिजेन परीक्षण भइरहेको छ । संक्रमण उच्च भएपछि भारतका कतिपय राज्य फेरि लकडाउन भएका छन ।खजस्को कारण रोजगारी गुमाएका नेपालीहरु धमाधम नेपाल फर्कन थालेका छन् । दैनिक संक्रमण वृद्धिका आधारमा विश्वमै शीर्ष स्थानमा पुगेको भारतबाट बेरोजगार भएका मजदुर, विद्यार्थी तथा तीर्थयात्रीसमेत दैनिक बेलहिया नाका हुँदै नेपाल प्रवेश गरिरहेका छन् । नया वर्षको सुरुवातसँगै फकिर्ने दर पनि बढेको छ । भारतमा दिनानुदिन लाखौँको संख्यामा देखिएको संक्रमण नेपालमा पनि प्रवेश गरिसकेको छ । समुदाय स्तरमा फैलिसकेको संक्रमणले अहिले सधै रेकर्ड ब्रेक गर्दै गएको छ । रुपन्देहीमा दैनिक बढ्दो कोरोना भाइरस संक्रमणले जिल्ला नै ‘हटस्पट’ बन्न थालेको छ ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार