Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नेकपाबाट चुनाब लडेकी विमला खत्री माओवादी केन्द्रमा प्रवेश


  • लुम्बिनी चिन्तन
  • बैशाख १९, २०७८ आइतवार
  • 944
    SHARES

नेकपाबाट चुनाब लडेकी विमला खत्री माओवादी केन्द्रमा प्रवेश

बुटवल । नेकपाबाट चुनाब लडेकी विमला कुमारी खत्री नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छिन्।

उनले दल परिवर्तन गरेको पत्र आएको र पत्र दर्ता भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए। उनी माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। उनले दाङ ३९२० बाट चुनाब जितेकी थिईन्।

यस्तै विमलाकुमारी खत्रीले प्रेस वक्तव्य जारी गरि आफू माओवादी केन्द्रको लुम्बिनी प्रदेश सभा दलको सदस्य भएको बताएकी छन्। ‘सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई मान्यता नदिइ पुरानै दल कायम गरिएको हुनाले म निर्वाचित भएको दल नरहेको अवस्थामा नेकपा माओवादी केन्द्र दल रोजेको छु । विज्ञप्तीमा उनले भनेकी छन् ।

लुम्बिनी प्रदेश सभा ८१ सदस्यीय हुँदा अब सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । संविधानको धारा १६८९१० अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ । प्रदेश सभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद थिए । वली माओवादीमा प्रवेश गरेपछि विपक्षी गठबन्धनसँग अब सभामुखसहित ४१ सांसद पुगेको छ । सांसद वली माओवादीमा प्रवेश गरेसँगै एमालेलाई ठूलो धक्का लागेको छ । मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान राजिनामा दिँदै एमालेको एक बहुमतमा सरकार बनाउने बताएका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार