Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: पोखरेल, गठबन्धनद्वारा नयाँ सरकार गठन गर्न दाबी पेश


  • लुम्बिनी चिन्तन
  • बैशाख १९, २०७८ आइतवार
  • 1.1K
    SHARES

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: पोखरेल, गठबन्धनद्वारा नयाँ सरकार गठन गर्न दाबी पेश

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्तीमा  प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ उपधारा ९१० अनुसार नियुक्त गरिएको बताइएको छ । 

यसअघि ३ फागुन २०७४ मा संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा माओवादी केन्द्रको समर्थनमा पोखरेल मुख्यमन्त्री भएका थिए।माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर नेपााली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा उनीविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। उक्त अविश्वास प्रस्तावमाथि आज आह्वान गरिएको बैठकमा छलफल हुने कार्यसूचि रहेको भए पनि उनले त्यसअघि नै राजीनामा दिएका थिए।

180434336_4497299090297823_24689373918186444_n.jpg

कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठन गर्न गठबन्धनद्वारा प्रदेश प्रमुखसामु दाबी पेश

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि गठबन्धनले प्रदेश प्रमुखसामु दाबी पेश गरेको छ।

४२ सांसदको हस्ताक्षरसहित गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख धर्मनाथ यादवसामू दाबी पेश गरेको हो। बहुमतका लागि ४१ सांसदको आवश्यकता पर्छ।  प्रदेश प्रमुख यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई एकल बहुमतका आधारमा भन्दै मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन्।

जसमा काग्रेसका १९, माओवादीका १८, जसपाका २, जनमोर्चाका १ सहित सूर्य चिन्हबाट चुनाब लडेका २ जनाको हस्ताक्षर छ।  सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले पनि गठबन्धनका पक्षमा हस्ताक्षर गरेका छन् । यसले केहीबेरअघि एकल बहुमत पुगेको भन्दै पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय विवादमा परेको छ। 


लुम्बिनी चिन्तन

थप समाचार