Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कोभिड संक्रमणको दैनिक बढ्दो ग्राफ, रुपन्देहीमा सोमबार थपिए हाल सम्मकै बढि ५ सय ७९ जना


  • लुम्बिनी चिन्तन
  • बैशाख २०, २०७८ सोमवार
  • 1.5K
    SHARES

कोभिड संक्रमणको दैनिक बढ्दो ग्राफ, रुपन्देहीमा सोमबार थपिए हाल सम्मकै बढि ५ सय ७९ जना

भैरहवा । रुपन्देहीमा आज सोमबार ५ सय ७९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमीत थपिएका छन । संक्रमण दर बढेको रुपन्देहीमा पछिल्लो समय मृत्युदरमा पनि बृद्धि भएको छ । संक्रमितको एक प्रतिशत मृत्युदर रहेको रुपन्देहीमा पछिल्लो सातामा मृत्यु हुनेको संख्या लगातार बढ्दै गएपपछि अहिले २ प्रतिशत पुगेको छ ।  पछिल्लो २४ घण्टामा रुपन्देहीमा मात्रै ११ जनाको कोभिडको कारण मृत्यु भएको छ । यस संगै रुपन्देहीमा मृतकको संख्या २ सय १६ जना पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।

सोमबार साझ साढे ४ बजे सम्म विभिन्न ल्याब बाट आएको रिर्पोट अनुसार पछिल्लो २४ घण्टामा ५ सय ७९ जनामा संंक्रमण पुष्टि भएको छ जुन अहिले सम्मकै उच्च हो । शनिबार ४ सय ३२ , आइतबार ४४१ जनामा संक्रमण पुष्टि भएको थियो आजको संक्रमणले अहिले सम्म जिल्लामा भएको संक्रमणको ग्राफ उच्च विन्दुमा पुगेको कोभिड फोकल पर्सन शाहले जानकारी भने । उनका अनुसार बुटवल उपमहानगरपलिकामा सबै भन्दा बढि २ सय ५१ जना कोरोना पोजिटिभ देखिएका छन् । यस मध्ये १ सय १० जना महिला र १ सय ४१ जना पुरुष रहेका छन् ।

यसै गरि सिद्धार्थनगर नगर पालिकामा ९० जना, तिलोत्तमा नगरपालिकामा १ सय २६ जना, सैनामैना नगरपालिकामा ३२ जना र देवदह नगरपालिकामा २० जना संक्रमित थपिएका छन । यस्तै सियारीमा ८, मायादेवी र सुद्धोधनमा ९, गैडहवामा १ ओमसतियामा १५, कंचनमा १२, रोहिणीमा ४र सम्मरीमाईमा २ जनामा संक्रमण पुष्टि भएको छ । 

रुपन्देहीमा हाल ४ हजार १ सय ५ जना सक्रिय संक्रमित छन । जसमध्ये ९ जना भेन्टिलेटरमा, ५० जना आइसियुमा र ११४ जना अस्पतालमा उपचाररत छन । अन्य संक्रमितहरु होम आइशोलेशनमा उपचाररत छन । कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार संक्रमितहरु मध्ये २९ प्रतिशत सक्रिय संक्रमित रहेका छन भने ६९ प्रतिशत निको भएर घर फर्किसकेका छन् । संक्रमित मध्ये २ प्रतिशतको मात्र मृत्यु भएको छ ।

संक्रमणबाट पूर्व सहायक मन्त्रीको निधन
पूर्व भूमिसुधार सहायक मन्त्री प्रकाश चित्रकारको निधन भएको छ । उनको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) मा उपचारको क्रममा मृत्यु भएको हो । ७२ वर्षिय चित्रकारको सोमबार बिहान मृत्यु भएको युसीएमएसका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए । वैशाख १७ गते पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार