भैरहवा । उद्योगी व्यवसायीहरुको सस्ंथा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही र उद्योग व्यापार संगठन रुपन्देहीले भैरहवा स्थित भिम अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।
पछिल्लो समय कोभिड संक्रमण बढेसँगै अस्पतालमा आक्सिजन सिलिण्डरको माग बढेको छ । अक्सिजनको कमिले कसैको ज्यान नजाओस भन्दै व्यवसयिक संस्थाद्वयले संयुक्त रुपमा भैरहवा स्थित भिम अस्पताललाई २५÷२५ थान अक्सिजन सिलिण्डर प्रदान गरेका हुन ।
कोरोना संक्रमणको बढ्दो अवस्थालाई दृष्टिगत गर्दै संघका कार्यावाहक अध्यक्ष ठाकुर श्रेष्ठ र संगठनका अध्यक्ष नारायण भण्डारीले अस्पताल प्रशासनलाई संयुक्त रुपमा ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका छन् । अहिले कोभिड महामारीलाई हेर्दै स्वतःस्फूर्त रुपमा उक्त सामाग्री प्रदान गरिएको उनले बताए ।
यस्तै व्यवासयीहरुसँगै रुपन्देहीका सहकारीहरुले पनि भिम अस्पताललाई फ्लोमिटर सहयोग गरेका छन । यस क्षेत्रका सहकारी जनउत्थान सहकारी संस्था लिमिटेड कोटिहवा, दर्शन सहकारी संस्था लिमिटेड भैरहवा र किसान सहकारी भैरहवाले पनि संयुक्त रुपमा ५० थान फ्लोमिटर सहयोग गरेका हुन । जनउत्थानले ३०, दर्शनले १० र किसानले १० थान फ्लोमिटर सहयोग गरी हस्तान्तरण गरेका हो । कोरोना विरुद्धको यस लडाईमा आम जनतालाई संस्थागत रुपमा सामाजिक सहयोग गर्ने उद्देश्यका साथ तीव्र संक्रमण फैलिरहेको रुपन्देहीमा संक्रमितले अकालमै ज्यान नगुमाओस भन्दै सहयोग गरेको हो ।