Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

निषेधाज्ञामा सुनसान भैरहवा (फोटो फिचर)


  • लुम्बिनी चिन्तन
  • बैशाख २१, २०७८ मंगलवार
  • 1.5K
    SHARES

निषेधाज्ञामा सुनसान भैरहवा  (फोटो फिचर)

भैरहवा ।  कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले गएको वैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञाका कारण अहिले भैरहवाका सडक सुनसान देखिएका छन् ।

निषेधाज्ञामा अत्यावश्यक गाडीबाहेक अन्य यातायातका साधान सञ्चालनमा रोक लगाइएको छ । विशेषत बैकराेड, बुद्धचाेक, मिलनचाेक, गल्लामणडी, कान्छी बजार, नारायण पथमा मुख्य चाप हुने सडक अहिले सुनसान देखिएका छन् ।

ठाउँ ठाउँमा ट्राफिक प्रहरी तथा सुरक्षाकर्मीले गाडीको जाँच गरिरहेका छन् भने नियम विपरीत सञ्चालनमा रहेका सवारीसाधानलाइ होल्ड गर्ने गरेका छन् । साथै मास्क नलगाइ हिँड्नेलाई सम्झाइ बुझाइ गरेर घरभित्रै बस्न र कोरोना सङ्क्रमणबाट जोगिन सुझाव दिएको दृश्य सडकमा देख्न सकिन्छ । यतिबेला सडकमा अत्यावश्यक सामग्री बोकेका ढुवानीका गाडी, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, प्रेस, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने गाडी देख्न सकिन्छ ।

भैरहवामा पहिलाे दिन  उल्लघन गरने  ८ जनालाइ कारवाही गरेकाेमा ३ जनाले जरिवाना तिर्न नसकेर करागार चलान भएका थिए त्यसतै हिजाे पनि एक जनाले निषेधाज्ञाको समयमा अवज्ञा गर्दा सम्झाई बुझाई गर्दा प्रहरी टोलीलाई डिउटीमा बाधा अबरोध पु¥याएको हुँदा उनलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाही गरी जरिवाना असुल गरी छाडिएकाे छ । 

प्रहरीहरुले पास भए नभएको तथा परिचयपत्र बोकेर न बोकेको चेक गरेरमात्रै गन्तव्यतर्फ जान अनुमति दिने गरेका छन् ।

निषेधाज्ञामा भैरहवाकाे दृश्य

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार