Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

संसारकै सर्वाधिक : भारतमा एक हप्ताभित्र १५ % संक्रमित र ४१ % मृत्युदर बढ्यो


  • लुम्बिनी चिन्तन
  • बैशाख २१, २०७८ मंगलवार
  • 1.0K
    SHARES

संसारकै सर्वाधिक : भारतमा एक हप्ताभित्र १५ %  संक्रमित र ४१ %  मृत्युदर बढ्यो

एजेन्सी । भारतमा कोरोना बिरामीको आँकडा २ करोड पार भएको छ । अर्थात्, भारतमा हालसम्म २ करोड २ लाख ७५ हजारभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् ।

यस्तै, भारतमा पहिलो पटक एकैदिन रेकर्डस्तरको ३।१८ लाख मानिसहरु निको भएका छन् । हालसम्म संसारभरी एकैपटक यति धेरै बिरामी निको भएका छैनन् । साथै, सोमबार लगातार तेस्रो दिन नयाँ संक्रमितको संख्यामा गिरावट आएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ६८० मानिसहरु संक्रमित पाइएका छन् । ३० अप्रिलपछि बिरामीको नयाँ संख्यामा लगातार कमी देखिएको छ ।

३० अप्रिलमा एकैदिन रेकर्डस्तरको ४।०२ लाख बिरामी भेटिएका थिए । त्यसपछि शनिबार ३।९२ लाख र आइतबार ३।७० लाख संक्रमित भेटिएका थिए । अघिल्लो हप्तालाई यो हप्तासँग तुलना गर्ने हो भने यतिबेला १५ प्रतिशत संक्रमित बढेका छन् ।

एक हप्तामा ४१ प्रतिशत मृत्युदर बढ्यो, यो संसारको सबैभन्दा धेरै

सोमबार देशमा ३,४३६ मानिसहरुको संक्रमणका कारण मृत्यु भएको छ । ३ हजारभन्दा बढीको ज्यान गएको यो लगातार छैटौं दिन हो । हप्ताभरीको आँकडालाई केलाउने हो भने यस हप्ता मृत्युको संख्यामा ४१ प्रतिशतको वृद्धि भएको छ । यतिबेला २४ हजार ५०३ बिरामीको मृत्यु भएको छ । स्थिति यो छ कि भारतको राजधानी दिल्लीमा हरेक ३ मिनेटमा एकजनाको मृत्यु भइरहेको छ । यहाँ सोमबार ४४८ जनाले ज्यान गुमाए । संसारको शीर्ष–१० देशको तुलना गर्ने हो भने भारतबाहेक टर्की, अर्जेन्टिना, जर्मनी र कोलम्बियामा मात्रै मृत्युदर बढिरहेको छ । अमेरिका, ब्राजिल, फ्रान्स, इरानजस्ता देशमा अघिल्लो हप्ताको तुलनामा मृत्युदरमा गिरावट आएको छ ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार