Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जेठ १७ गते लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन


  • लुम्बिनी चिन्तन
  • बैशाख २३, २०७८ बिहिवार
  • 508
    SHARES

जेठ १७ गते लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन

काठमाडौं। लुम्बिनी प्रदेशको अन्य समूहको तर्फबाट राष्ट्रियसभा सदस्य पदमा रिक्त पद पूर्तिका लागि जेठ १७ मा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन हुने भएको छ । बैशाख १९ को मन्त्रिपरिषद्‍को निर्णयानुसार जेठ १७ गते सोमबार उपनिर्वाचनको मिति घोषणा भएको हो । 

माओवादीबाट निर्वाचित सांसद चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि यो पद रिक्त छ । उपनिर्वाचन सम्पन्‍न गर्नका लागि निर्वाचन आयोगबाट बुधबार निर्वाचन कार्यतालिका स्वीकृत भएको छ ।

जेठ १७ गते हुने मतदानका लागि विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । यसैगरी, लुम्बिनी प्रदेशको राजधानी तोकिएको दाङ जिल्लाको सदरमुकाम घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगबाट निर्णय भएको छ । 


  • सम्बन्धित विषय:

  • # निर्वाचन २०७८

  • लुम्बिनी चिन्तन

    थप समाचार