भैरहवा । रुपन्देहीमा शनिबार ४१६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन । शुक्रबार २६० जना संक्रमण मुक्त भएकोमा आज अहिले सम्मकै सबै भन्दा बढि संक्रमित कोराना संक्रमणबाट निको भएका हुन ।
यस्तै आज जिल्लाका १४ वटा पालिकाका ६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । स्थानीय प्रशासनले निषेधाज्ञालाई कडा बनाएको दाबी गरेपनि रुपन्देहीमा कोरोना संक्रमित थपिने क्रम घटेको छैन । दिनानुदिन संक्रमण बढदै गइरहेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ९ जना संक्रमितको मृत्यु भएको छ ।

आज थपिएका संक्रमित मध्ये सबै भन्दा बुटवलमा ३०० जनामा संक्रमण देखिएको छ, त्यसतै तिलोत्तमामा १५१ जना, सिद्धार्थनगरमा ७८ जना, देवदहमा २८ जना, सुद्धोधनमा १४ जना र सैनामैनामा ७२ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरि लुम्बिनी सांस्कृतिक नगरमा ६ जना, ओमसतियामा ७ जना, रोहिणीमा ३ जना, सियारीमा १२ जना, कञ्चनमा २० जना, मायादेबीमा २ जना , गैडहवामा ४ र कोटहीमाईमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रुपन्देहीको विकट पालिका मानिने सम्मरीमाई र मर्चवारीमा भने आज संक्रमण पुष्टि भएको छैन ।
कार्यालयका अनुसार हाल सम्म १७ हजार ५ सय ७८ जना संक्रमित जिल्लाभरि देखिएकोमा ११ हजार ४३ जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित ६ हजार २ सय ७३ जना मध्ये ३५९ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन, ५ हजार ९ सय १४ जना होम आइशोलशनमा रहेका छन । रुपन्देहीमा हाल सम्म २६२ जना संक्रमितको ज्यान गएको छ ।