Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पिपिईको नाममा मनलाग्दी भाडा असुल


  • लुम्बिनी चिन्तन
  • बैशाख २५, २०७८ शनिवार
  • 1.0K
    SHARES

पिपिईको नाममा मनलाग्दी भाडा असुल

भैरहवा । पिपिई खोलको नाममा शब बहान चालककले रुपन्देहीमा मनलाग्दी भाडा असुलेको पाईएको छ ।

सर्बसाधारणले भनेको समयमा शब बहान र एम्बुलेन्स नपाईरहेको अवस्थामा पाईहाले पनि निकै महड.गो रकम भुक्तानी गर्नु परेको बुटवल उपमहानगर पालीका वडानं ११ का टेक बहादुर सुर्यवंशीले बताए । आफन्त मरेको पिडा छदै छ त्यसमाथी पनि एम्बुलेन्स र शब बहान चाललकले मनलाग्दी भाडा असुल्ने गरेको उनले बताए ।

भैरहवा स्थित भिम अस्पताल अगाडी आप्न्तको शब स्वर्गद्धारी घाट सम्म लैजान शब बहान खोजेका उनले अस्पताल देखी एक किलोमिटर पर रहेको शब अन्त्यष्ठी गर्ने घाट सम्म लगेको १० हजार मागे पछि उनि निराश बने । लु २ च ७४०३ नम्बरको बुद्ध जागरण सामाजीक सेवा अभियान नेपालले संचालन गरेको शब बहानले सुर्यबम्शी संग दश हजार रुपैया माग गरेको हो ।

अस्पताल बाट शब लैजानु पर्ने स्थान एक किलोमिटर टाढा छ । शब बहान चालकले पिपिई लगाएको र शब निकालेपनि शब बहान निसंक्रमित गर्नु पर्ने भएकाले १० हजार भाडा लिएको बताए । शब बहानको भाडा जिल्ला प्रशासन बाट स्वृकीत भएको चालकको दाबी छ । नेपाल सरकारले राजश्व छुटमा संञ्चानमा रहेका शब बहान र एम्बुलेन्सको अनुगमन हुन भने सकेको छैन । भिम अस्पताल परिषरमा भेटिएका सिदार्थनगर नगरपालीका वडानं ३ का वडा अध्यक्ष थानेश्वर पौडेलले शब बहानले १० हजार भाडा असुल्नु नियम बिपरित भएको बताए ।

संम्युक्त एम्बुलेन्स चालक संघ रुपन्देहीका अध्यक्ष मनु गुरुड.ले शब बोक्ने चालकको छुट्रटै मापदण्ड भएको बताए । अस्पताल बाट शब ब्यावस्थापन गर्ने स्थान सम्म पुराएको सरकारले १५ लिटर एम्बुलेन्सका लागी तेल दिने र चालकलाई २ हजार प्रोत्साहन भत्ता दिने नियम रहेको एम्बुलेन्स चालक संघका अध्यक्ष गुरुड.ले भने । कुनै चालकले बदमासी गरे कानुनी कार्बाही गर्न सिफारीस गर्ने उनले बताए ।

रुपन्देहीका शब बहान मात्र नभएर एम्बुलेन्स चालकहरुले पनि जवरजस्ती भाडा असुल्ने गरेको बिरामीका आपन्तहरुको भनाई छ । रुपन्देहीमा ९२ वटा एम्बुलेन्स र ४ वटा शब बहान संञ्चालनमा छन् । सबै नेपाल सरकार बाट भन्सार छुटमा संचालीत हुन ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार