भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवामा १० बेडको आइसोलेशन सेन्टर तयार गरेकाे छ ।
भैरहवास्थित सिद्धार्थ बसपार्कमा शनिबारदेखि नगरपालिकाले उक्त आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको हाे । कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढेको र सो को नियन्त्रण तथा संक्रमितको उपचार प्रभावकारी बनाउन सेन्टर सञ्चालनमा ल्याइएको छ ।
अस्पतालमा अक्सिजन अभावका कारण कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा समस्या हुन थालेपछि नगरपालिकाले अक्सिजनसहितको आइसोलेशन निर्माण गरेको नगरप्रमुख हरि प्रसाद अधिकारीले बताए ।
नगरपालिकाले सञ्चालन गरेको आइसोलेशन सेन्टरले संक्रमितको मनोबल बढाउन तथा मनोपरामर्श दिने काम समेत सञ्चालन गरेको छ । कोरोनाको महामारीको समयमा केही भए पनि नगरबासीमा राहत महसुस हुने अपेक्षा गरिएको नगरपालिकाले जानकारी दिएकाे छ ।
शनिबार पहिलो दिन २ जना कोरोना संक्रमित बिरामी आइसोलेशन सेन्टरमा राखिएक छन ।