Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अक्सिजनको अभाव देखाउँदै मेडिकल कलेजले कोभिड विरामी नलिने


  • लुम्बिनी चिन्तन
  • बैशाख २६, २०७८ आइतवार
  • 1.8K
    SHARES

अक्सिजनको अभाव देखाउँदै मेडिकल कलेजले कोभिड विरामी नलिने

भैरहवा । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल रानी गाँउले थप कोरोना संक्रमितको उपचार गर्न नसक्ने बताएको छ । 

अस्पतालले बिरामीलाई आवश्यक पर्ने अक्सिजनको अभाव देखाउँदै नयाँ कोभिडका बिरामी भर्ना नलिने भएकोे हो । दैनिक रुपमा २ सय जना गम्भिर प्रकृतिका विरामीहरुको उपचार प्रदान गर्देै आएकोमा, कोभिड उपचारका लागि अति अत्यावश्यक अक्सिजनको आपूर्ति नियमित नभए सम्मका लागि सिमित शैय्या मात्र संचालनमा ल्याई सेवा दिने युसिएमएस मेडिकल कलेजले आइतबार एक विज्ञप्ती जारी गर्दै जानकारी दीएकाे छ ।

अक्सिजनको नियमित आपूर्तिको व्यवस्था नभए सम्म सिमित शैया मात्र सञ्चालनमा ल्याउने मेडिकल कलेजका मेडिकल सुपरिडेन्टेन प्राध्यापक डाक्टर साधन मुखीले जारी गरेको उक्त विज्ञप्तीमा उल्लेख छ ।  करिब ७०० भन्दा बढी सिलिण्डरबाट मेडिकल अक्सिजनको नियमित आपूर्ति गर्न  तथा अक्सििजनको बैकल्पिक व्यवस्था गर्न असहज परिस्थिती सृजना भएका कारण उपचार प्रभावित हुने देखिएको छ । थप कोरोना संक्रमित विरामीहरु भर्ना गरी उपचारमा  निरन्तरता दिन असहज परिस्थिती सृजना भएकोले सोमबार भोलीबाट मेडिकल अक्सििजनको नियमित आपूर्ति नभएसम्मका लागि सिमित शैय्यामात्र संचालन गर्ने जनाएको छ ।

सोमबार देखी कोभिड बाहेक अन्य बिरामीको मात्र उपचार हुने मेडिकल कलेजका जन सम्पर्क अधिकृत शुसिल गुरुङ्गले बताए । अस्पताललाई अहिले प्रति दिन ७ सय सिलिण्डर आवश्यक छ, स्थानिय प्रशासनले दैनिक ४ सय २० वटा सिलिण्डर दिने प्रतिवद्धता जनाएकोले सिमित सिलिण्डरबाट कोभिडको सेवा दिन नसकिएको जन सम्पर्क अधिकृत गुरुङ्गले भने ।

प्रति घण्टा २५ देखी ३० वटा सिलिण्डर खपत छ । कोभिड सहितको सेवा दिनका लागि मेडिकल कलेजमा प्रतिदिन ९ सय बढि अक्सिजन सिलिण्डर आवश्यक छ ।

 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार