Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित


  • लुम्बिनी चिन्तन
  • बैशाख २७, २०७८ सोमवार
  • 1.0K
    SHARES

यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाण्डाैं ।  यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डको बैठक आज विहान बसेकाे बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेकाे हाे । कोरोना महामारीको बेला परीक्षा सञ्चालन गर्न नसकिने भएकाले अर्को सूचना जारी नहुँदासम्म परीक्षा स्थगित गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो । अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए । स्थगित गरिएको परीक्षा कुन मोडालिटीमा कहिलेबाट सञ्चालन गर्न सकिन्छ भनेर १५ दिनभित्र बोर्ड सदस्यहरूले आ-आफ्ना सुझाव लिएर आउने र त्यसपछि परीक्षाको नयाँ मिति तय हुने शिक्षामन्त्रीका प्रेस सल्लाहकार ईश्वरराज ढकालले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार