भैरहवा । रुपन्देहीमा सोमबार ४३८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन । आइतबार ३७४ जना संक्रमण मुक्त भएकोमा आज अहिले सम्मकै सबै भन्दा बढि संक्रमित कोराना संक्रमणबाट निको भएका हुन । यस्तै आज जिल्लाका १४ वटा पालिकाका ४ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ११ जना संक्रमितको मृत्यु भएको छ । आज थपिएका संक्रमित मध्ये सबै भन्दा बुटवलमा २६० जनामा संक्रमण देखिएको छ, त्यसतै तिलोत्तमामा ७९ जना, सिद्धार्थनगरमा ३१ जना, देवदहमा २५ जना, सुद्धोधनमा ८ जना र सैनामैनामा २४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरि लुम्बिनी सांस्कृतिक नगरमा १ जना, ओमसतियामा ५० जना, रोहिणीमा ३ जना, सियारीमा ९ जना, कञ्चनमा १० जना, गैडहवामा ३ र मर्चवारीमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रुपन्देहीको सम्मरीमाई, कोटहीमाई र मायादेवी गाँउापलिकामा भने आज संक्रमण पुष्टि भएको छैन ।
कार्यालयका अनुसार हाल सम्म १८ हजार ५ सय ७४ जना संक्रमित जिल्लाभरि देखिएकोमा ११ हजार ८ सय ५५ जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित ६ हजार ४ सय ४० जना मध्ये ३५२ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन, ६ हजार ८८ जना होम आइशोलशनमा रहेका छन । रुपन्देहीमा हाल सम्म २७९जना संक्रमितको ज्यान गएको छ ।