मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा संचालित ११ क्लिनिक तथा औषधी पसल कारवाहीमा परेका छन ।
मापदण्डविपरीत संचालनमा रहेका ती क्लिनिक तथा औषधी पसललाई गाउँपालिकाकाे स्वास्थ्य शाखाले अनुगमनकाे क्रममा कारवाही गरेकाे हाे ।
कोटहीमाई गाउँपालिका अन्तर्गत परसहवाँ, मझगावाँ र मर्यादपुरका ११ पसललाई कारवाही गरिएको कोटहीमाई स्वास्थ्य शाखा प्रमुख मनबहादुर कुँवरले जानकारी दिएका ।
मापदणड विपरित दर्ता प्रमाणपत्र बिना सञ्चालनमा रहेको, चिकित्सकको प्रमाणपत्र नरहेको, अन्यत्र दर्ता भइ गाउँपालिकाभित्र संचालन भएको, बोर्डमा लेखिए अनुसारकोसेवा नदिएको, क्लिनिक अनुसारको डाक्टर नभएको, अनुमति नभएका गतिविधि गरिएको, खुद्राविक्रीको अनुमति पाएकाले थोक सप्लाई गरेका कारणले ती औषधी पसल तथा क्लिनिकहरुलाई तत्काल बन्द गरी कारवाही गरिएको कुंवरको ले भने ।
त्यसै गरी कोटहीमाई ७ परसहवाको एक एग्रोभेट सेन्टर (पसल)मा शिलबन्दी गरिएको छ । उक्त पसलका संचालक कोरोना संक्रमित भएको तर पनि पसल संचालन गरी सामान विक्रीवितरण गरेकोले शिलबन्दी गरिएको कुंवरले बताए । मंगलबार इलाका प्रहरी कार्यालय मझगावाँ र कोटहीमाई गाउँपालिका स्वास्थ्य शाखाको संयुक्त टोलीले गाउँपालिकाभित्रका विभिन्न औषधी पसलहरुमा अनुगमन गरेको थियो ।