Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बुटवलमा अक्सिजन नपाएर ५ जनाकाे मृत्यु


  • लुम्बिनी चिन्तन
  • बैशाख २९, २०७८ बुधवार
  • 570
    SHARES

बुटवलमा अक्सिजन नपाएर ५ जनाकाे मृत्यु

बुटवल । कोरोना विशेष अस्पताल बुटवलमा अक्सिजन सकिएर ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अक्सिजनको सहायतामा उपचार भईरहेका ती संक्रमितहरुलाई दिईरहेकोअक्सिजन सकिएपछि अक्सिजन लिन नपाएर मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

अक्सिजन सकिएको सुचना गर्दापनि समयमा अक्सिजन अस्पताल पुग्न नसक्दा बेडमा रहेका संक्रमितहरुलाई आधा घण्टा अक्सिजन दिन नसकिएको लुम्निी अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

मृत्यु हुनेमा बुटवल उपमहानगरका ४ जना र नवलपरासीका १ जना छन् । मृत्यु हुनेमा बुटवल ११का २९ वर्षिय पुरुष, वार्ड नम्बर ८ का ५२ वर्षिय पुरुष, बुटवल १२ की ५९ वर्षिया महिला र बुटवल १३ का ५२ वर्षिय पुरुष रहेका छन् । अक्सिजन नै नपाएर बर्घाटका ४४ वर्षिय पुरुषको पनि मृत्यु भएको छ ।

कोरोना विशेष अस्पतालमा आज बिहान आउनु पर्ने अक्सिजनको सिलिण्डर समयमा आउन नसक्दा आधा घण्टा अक्सिजन दिन नसकिएको र सोहि समेयमा उपचाररत संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा केहिबेर अगाडी मात्र अक्सिजन सिलिण्डर झरेको छ । आजै भिम अस्पतालमा पनि ४ जनाकाे अक्सिजन नपाएर ज्यान गएकाे थियाे ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार