Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा १८ संक्रमितको मृत्यु, ४९४ जनामा संक्रमण


  • लुम्बिनी चिन्तन
  • बैशाख ३०, २०७८ बिहिवार
  • 1.1K
    SHARES

रुपन्देहीमा १८ संक्रमितको मृत्यु, ४९४ जनामा संक्रमण

भैरहवा । रुपन्देहीमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । जिल्लाका अस्पताल र आइसोलेसन सेन्टरमा गरि उनीहरुको मृत्यु भएको हो । यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३ सय २७ पुगेको छ । 

यस्तै रुपन्देहीमा विहिवार थप ४ सय ९४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बुटवल उपमहानगर पालिकामा सबै भन्दा बढी १ सय ९४ जना संक्रमित थपिएका छन् । यस्तै तिलोत्तमामा १ सय ३० जना, सिद्धार्थनगर नगरमा ५५ जना, सैनामैनामा ४१,  देवदह र कञ्चनमा २० २० जनामा संक्रमण पुष्टी भएको हो ।

त्यस्तै सियारीमा ११, कोटइमाइमा ९, ओमसतियामा ८, शुद्धोधनमा ५,   मायादेवीमा ३, रोहीणीमा २ र लुम्बिनी सांस्कृतीक नगरपालिकामा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्टोल निरिक्षक केदारनाथ शाहले जानकारी दिए। यससँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ७० जना पुगेका छन्।  


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार