भैरहवा । इदको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले इस्लाम धर्मवालम्बीलाई शुभकामना सन्देश दिएका छन ।
प्रधानमन्त्री ओलीले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्व हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान हो । विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु यस देशमा सम्मानित र संरक्षित छन । विशेष परिस्थितीमा घरमै रहेर सुरक्षित तवरले चाडपर्व मनाउन आव्हान गर्दै प्रधानमन्त्री ओलीले इदुल फितर मनाइरहनु भएका इस्लामिक समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईमा हार्दिक शुभकामना व्यक्त गरेको प्रधानमन्त्री ओलीले दिएको शुभकामना सन्देशमा उललेख छ ।

त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाखरेलले पनि प्रदेशवासी सहित सम्पूर्ण देशवासीमा शुभकामना दिएका छन । मुख्यमन्त्री पोखरेलले ईद पर्वले पनि समाजमा सद्भाव, भातृत्व, प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउदै विभिन्न जात जाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुकलाई सांस्कृतिक रुपमा रंगिन बनाएको छ । विविधतायुक्त समाजमा मनाइने सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाएको जारी सन्देशमा उल्लेख छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको छ ।
ईद पर्व मनाउँदा पनि कोरोना विरुद्धको लडाईका लागि सरकारले जारी गरेका आदेश पालना गदै मनाउनु हुन हार्दिक अपील गर्दै मुख्मन्त्री पोखरेलले कोभिड—१९ नियन्त्रण र उपचारमा अहोरात्र खटिएका चिकित्सक सहितका स्वास्थ्यकर्मी अग्रमोर्चामा खटिएका सबैलाई यस अवसरमा म उच्च सम्मान सहित समस्त स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुमा ईद पर्वको अवसरमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेको जारी सन्देशमा उल्लेख छ ।
इदकाे अवसरमा मुख्यमन्त्री शंकर पाेखरेलद्वारा दिएकाे शुभकामना सन्देश
ईद पर्वको शुभकामना इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (ईद)को अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाल सांस्कृतिक विविधता भएको मुलुक हो । विभिन्न जात जाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुकलाई सांस्कृतिक रुपमा रंगिन बनाएको छ । विविधतायुक्त समाजमा मनाइने सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाएका छन् । ईद पर्वले पनि समाजमा सद्भाव, भातृत्व, प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्था गरेर मुस्लिम समुदायप्रति सम्मान व्यक्त गरेको छ । संवैधानिक व्यवस्था अनुसार मुस्लिम आयोग गठन भइ कार्यारम्भ भएको छ ।
संविधान कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ बनाउने दिशामा मुलुक अघि बढिरहेको छ । संविधान कार्यान्वयन हुँदै जादा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने विश्वास लिएको छु । यतिखेर हामी विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ विरुद्धको संघर्षमा छौं । नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन र संक्रमितको उपचारलाई प्रभावकारी बनाउन सरकारको सबै संयन्त्र प्रयोग भएको छ । महामारी तीब्र फैलिएकोले त्यसको नियन्त्रणका लागि सबैको सार्थक सहयोग आवश्यक छ । तीनै तहका सरकार स्पष्ट कार्ययोजना सहित समन्वय र सहकार्य गर्दै अघि बढेका छन् ।
कोभिड —१९ को जोखिम न्युनिकरणका लागि यतिखेर निषेधाज्ञा र लकडाउन घोषणा गरिएको छ । लडकडाउनको पालना गरी कोरोना विरुद्धको संघर्षमा नागरिकले दिएको साथ प्रशंसनीय छ । संक्रमितको उपचारलाई प्रभावकारी बनाउनु नै छ, अर्कोतिर संक्रमण हुन नदिन पहिलो प्राथमिकता दिनुपर्छ त्यसका लागि नागरिक सहयोग आवश्यक पर्छ । तसर्थ सबै कठिनाई झेलेर निषेधाज्ञाको पालना गरौं । ईद पर्व मनाउँदा पनि कोरोना विरुद्धको लडाईका लागि सरकारले जारी गरेका आदेश पालना गदै मनाउनु हुन हार्दिक अपील गर्दछु । कोभिड—१९ नियन्त्रण र उपचारमा अहोरात्र खटिएका चिकित्सक सहितका स्वास्थ्यकर्मी अग्रमोर्चामा खटिएका सबैलाई यस अवसरमा म उच्च सम्मान व्यक्त गर्दछु । अन्त्यमा, ईद पर्वको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ।