भैरहवा । रुपन्देहीमा शनिबार ४८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमित र संक्रमण मुक्त भएका ७८५ जना सँगै जिल्लामा ७ हजार १ सय १ जना सक्रिय संक्रमित पुगेका छन ।
पछिल्लो २४ विभिन्न ल्याबमा गरिएका ९ सय ७७ जनाको आरटिपिसिआर परिक्षण अनुसार रुपन्देहीमा साझ साढे ४ बजे सम्म १४ स्थानीय तह क्षेत्रका ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।
शाहका अनुसार सबै भन्दा बुटवलउपमहानगरपालिकामा ९५ महिला र ११३ पुरुष गरी २०८ जनामा थप संक्रमण देखिएको छ । त्यस्तै सिद्धार्थनगर नगरपालिकामा ४८ जनामा, तिलोत्तमा नगरपालिकामा १०४ जना, सियारीमा ७ जना, सैनामैनामा ३६ जना, देवदहमा ३८ जना, मायादेवीमा ५ जना, र सुद्धोधनमा ७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गैडहवामा १ जना, मर्चवारीमा ३, ओमसतियामा १४ जना, कंचनमा ८ जना, रोहिणीमा ३ जना र लुम्बिनी सास्कृतिक नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये ३ सय २९ जना विभिन्न अस्पतालमा उपचाररत छन भने ६ हजार ७ सय २२ जना होम आइशोलेशनमा रहेर उपचार गराइरहेका छन । यस्तै जिल्लामा आज ९ जनाको मृत्यु भएको फोकल पर्सन शाहले जानकारी दिए । पछिल्लो २४ घण्टामा रुपन्देहीका २ वटा पालिका सम्मरीमाई र कोटहीमाईमा आज कोरोना संक्रमित देखिएका छैनन । रुपन्देहीमा संक्रमणमा परि मृत्यु हुनेमा २ प्रतिशत मात्र रहेका छन् भने ३२ प्रतिशत सक्रिय संक्रमित र ६६ प्रतिशत संक्रमित निको भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।