भैरहवा। रुपन्देहीका अक्सिजन उद्योगको व्यवस्थापन नेपाली सेनाले गरेको छ । अक्सिजन अभाव कायम रहेकोले उत्पादन र प्रयोगलाई व्यवस्थित गर्न रुपन्देहीका ३ वटै अक्सिजन उद्योग नेपाली सेनाको व्यवस्थापनमा सञ्चालन गरिएको हो । अक्सिजन उद्योग २४ घण्टा संचालनका लागी जनशक्ति अभाव हुने भएपछि नेपाली सेनाकोजनशक्तिले उक्त उद्योगहरु संचालनमा आएको छ ।
उद्योगका कर्मचारी तथा प्रविधिकहरुले संचालमा रहेको उद्योग एक सिफ्टमा संचालित थियो, अहिले कोभिडको असर बढि रहेकोले अतिआवश्यक अक्सिजनको अभाव कायम रहेकोले सेना कै व्यवस्थापनमा २४ घण्टा चलाउन लागिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामङले जानकारी दिए ।
जिल्ला प्रसाशन कार्यालय रुपन्देहीमा सुक्रबार बसेको जिल्ला सुरक्षा समिती , अक्सिजन उधोगी र सरोकारवालाहरुको बैठकले अक्सिजन उद्योगमा अभाव जनशक्ती पूर्ती गर्नका लागी सनिबार देखी नेपाली सेना खटिन लागेको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए । उद्योगमा सिफ्टमा काम गर्ने जनशक्ती र प्राबिधिक जनशक्ती अभाव भएको कुरा आएकाले तिन वटै उद्योगमा कती जनशक्ती र प्राबिधक आबस्य पर्दछ त्यसको ब्यवस्थापनको लागी सेनालाई जिम्मेवारी दिएको उनले बताए ।
जिल्लामा अक्सिजन अभाव बढे संगै अस्पतालहरुमा उपचार प्रभावित हुन थाले पनि सेनाको जनशक्ती परिचालन गरी उत्पादन बढाउन र ब्यवस्थापन गर्न लागीएको प्रजिअ तामाङले जानकारी दिए । यसका लागि हामीले नेपाली सेना गरुण दल गण, रामनगर ब्यारेकलाई जिम्मेवारी दिने निर्णय गरेको उनले बताए ।
रुपन्देहीमा शंकर अक्सिजन ग्याँस प्रालि छिपागढ, लुम्बिनी अक्सिजन ग्याँस इण्डष्ट्रिज पड्सरी र लुम्बिनी अक्सिजन ग्याँस प्रालि तिलोत्तमाले अक्सिजन उत्पादन गर्दै आएका छन् । दुई वटा उद्योगमा बिधुत आपुर्ती बन्द हुदा जेनेरेटरबाट अक्सिजन उत्पादन हुने भएपनि लुम्बिनी अक्सिजन ग्याँस प्रालि तिलोत्तमा संग जेनेरेटर नभएकाले अहिले बन्द रहेका छ । उद्योग संग समन्वय गरेर जेनेरेटर उपलब्ध गराउने तयारी पनि भएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए । रुपन्देहीका ३ उधोगले दैनिक ११ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने गरेका छन् ।