Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

३९४ जनामा कोरोना संक्रमण, ५७५ जना संक्रमण मुक्त


  • लुम्बिनी चिन्तन
  • जेठ ३, २०७८ सोमवार
  • 1.4K
    SHARES

३९४ जनामा कोरोना संक्रमण, ५७५ जना संक्रमण मुक्त

भैरहवा । रुपन्देहीमा पछिल्लो ४ दिनदेखि संक्रमित र मृत्यु दरमा कमि आएको छ । पीसीआर परीक्षण गर्नेकाे संख्या  घटेपछि संक्रमित थपिने दर पनि घटेकोले तथ्याङक पनि घट्रदै गएकाे देखिएकाे छ । अघिल्लो हप्ता सम्म प्रत्येक २४ घण्टामा १ हजार माथिको संख्यामा नमुना परीक्षण हुने गरेकोमा त्यो संख्या बिगत २ दिन देखि घटेको छ । जिल्लाका ४ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६०८ वटा मात्र नमुना परीक्षण भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजानिक गरेको रिपोर्टमा ६०८ नमुना परीक्षण गर्दा ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेको छ भने १३२५ एन्टिजेन परीक्षण गर्दा ३९४ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरेको छ । स्वास्थ्य कार्यालयको तथ्यांकका आधारमा नमुना कम परीक्षण भएका कारण मात्र संक्रमितको संख्या घटेको र नमुना संकलनका आधारमा संक्रमणको दर नघटेको स्पष्ट गर्दछ ।

परिक्षण गरेकाे मध्ये अाइतबार ६५ प्रतिशतमा संक्रमण देखिएकाे छ। यस्तै जिल्लामा पछिल्लो २४ घण्टा भित्र ६ जनाको मृत्यु भएको छ । यस संगै रुपन्देहीमा कोभिडका कारण मृत्यु हुनेको संख्या ३ सय ५१ र सक्रिय संक्रमितको संख्या घटेर ६ हजार ९ सय १४ जना पुगेको छ ।

सर्वसाधारणहरु सम्पर्कका आधारमा पीसीआर परीक्षण गर्न नआएका कारण नमुना संकलनको दर घटेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी बताउँछन् । आम नागरिकमा लक्षण देखिएपछि मात्र वा अस्पताल जानुपर्ने अवस्था आएपछि मात्र पीसीआर परीक्षण गर्ने मानसिकता आएकाले नमुना संकलनमा कमी आएको डा. गिरीले बताए ।

संक्रमित मध्ये सबै भन्दा बढी बुटवल उपमहानगर पालिकामा  १ सय ६६ जना संक्रमित थपिएका छन् । तिलोत्तमा नगरपालिकामा  ८६ जना, सिद्धार्थनगर नगर पालिकामा  ४१ जना, सियारी गाउँपालिकामा ६ जना, देवदह नगरपालिकामा २१ जना रहेका,  सैनामैना नगरपालिकामा ३२ जना संक्रमित भएका छन् । यस्तै ओमसतिया गाउँपालिकामा १० जना , कन्चन गाउँपालिकामा १२ जना, मायादेवी गाउँपालिकामा ५ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ४ जना, शुद्धोधन गाउँपालिकामा १ जना, गैडहवा गाउँपालिकामा ३ जना, रोहिणी गाउँपालिकामा  ८ जना र कोटहीमाई गाउँपालिकामा २ जना संक्रमित रहेका छन् । जिल्लाको मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिका रसंक्रमितको संख्या शून्य देखिएको छ ।

रुपन्देहीमा संक्रमणमा परि मृत्यु हुनेको संख्या १ प्रतिशत छ ।  २ प्रतिशत रहेको मृत्यु दर आज १ प्रतिशतमा पुगेको छ । अहिले जिल्लामा ३१ प्रतिशत सक्रिय संक्रमित र ६८ प्रतिशत निको भएको स्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ । जिल्लामा २४ घण्टाकै अवधीमा ६ जनाको मृत्यु भएको छ भने सोही अवधीमा ५७५ जना संक्रमण मुक्त भएका छन् ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार