Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगरमा बैशाख यता १६ सय ८८ संक्रमित,  वडा नम्बर ८ मा सबै भन्दा बढि


  • लुम्बिनी चिन्तन
  • जेठ ३, २०७८ सोमवार
  • 1.1K
    SHARES

सिद्धार्थनगरमा बैशाख यता १६ सय ८८ संक्रमित,  वडा नम्बर ८ मा सबै भन्दा बढि

भैरहवा । सिद्धार्थनगरमा बैशाख यता एक हजार ६ सय ८८ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले दिएको तथ्याङक अनुसार सिद्धार्थनगरमा आइतबार ४१ जना संक्रमित थपिएका छन । थपिएका संक्रमित मध्ये १५ जना महिला र २६ जना पुरुष रहेका छन । 

सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार नगरपालिका क्षेत्र भित्र यस अवधिमा सबै भन्दा बढि वडा नम्बर ८ मा संक्रमित थपिएका छन । २ सय ७६ जना संक्रमित थपिएका छन भने संक्रमणबाट कुनै पनि वडा अछुतो छैन । 
तथ्याङक अनुसार वडा नम्बर १ मा १२६ जना, वडा नम्बर २ मा ४२ जना वडा नम्बर ३ मा २१४ जना, वडा नम्बर ४ मा ७१ जना, वडा नम्बर ५ मा ७५ जना वडा नम्बर ६ मा २१७ जना, वडा नम्बर  मा ११५जना , वडा नम्बर ८ मा २७६ जना वडा नम्बर ९ मा १७९ जना, वडा नम्बर १० मा १४ जना, वडा नम्बर ११ मा १२ जना वडा नम्बर १२ मा ११९ जना, वडा नम्बर १३ मा १२० जना र वडा नखुलेको अन्य १०८ जना रहेका छन । 

नगरपालिकाको स्वास्थ्य शाखाले तथ्याङक अध्यावधिक नगरेकोले थपिएका संक्रमित बाहेकको तथ्याङक उपलब्ध गराएको छैन । स्वास्थ्य कार्यालय रुपन्देहीले दैनिक सबै पालिकामा पठाएको रिर्पोटको आधारमा माथीका तथ्याङक आएको हो । नगरपालिकामा हाल के कति सक्रिय संक्रमित छन, कुन अवस्थामा छन र कति संक्रमितको मृत्यु भयो भन्ने लेखाजोखा स्वास्थ्य शाखामा छैन । 


  • सम्बन्धित विषय:

  • # काेराेना
  • # सिद्धार्थनगर नगरपालिका

  • लुम्बिनी चिन्तन

    थप समाचार