भैरहवा । रुपन्देहीमा सोमबार एक हजार एक सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन । केही दिन देखी निको हुनेको संख्या बढ्दै गएपनि आज अहिले सम्मकै सबै भन्दा बढि संक्रमित कोराना संक्रमणबाट निको भएका हुन । यस्तै आज जिल्लाका १५ वटा पालिकाका ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा ९५२ जनाको पिसिआर गर्दा १७९ महिला १९८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ भने जिल्लामा ११ जना संक्रमितको मृत्यु भएको छ । आज थपिएका संक्रमित मध्ये सबै भन्दा बुटवलमा १६४ जनामा संक्रमण देखिएको छ, त्यसतै तिलोत्तमामा ७६ जना, सिद्धार्थनगरमा २८ जना, देवदहमा ३१ जना, सुद्धोधनमा ९ जना र सैनामैनामा ३३ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरि लुम्बिनी सांस्कृतिक नगरमा ३ जना, ओमसतियामा १० जना,१ जना, सियारीमा ११ जना, कञ्चनमा ३ जना, गैडहवामा २, रोहिणी सम्मरीमाई र मर्चवारीमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रुपन्देहीको कोटहीमाई गाँउपलिकामा भने आज संक्रमित पुष्टि भएको छैन ।
कार्यालयका अनुसार हाल सम्म २३ हजार २ सय ५४ जना संक्रमित जिल्लाभरि देखिएकोमा १६ हजार २ सय ६५ जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित ६ हजार ६ सय २८ जना मध्ये ३५५ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन। बाकी ६ हजार २ सय ७३ जना होम आइशोलशनमा रहेका छन । रुपन्देहीमा हाल सम्म ३६२ जना संक्रमितको ज्यान गएको छ ।