मर्चवार । कारोना संक्रमणको जोखिम बढदै गएपछि कोटहीमाई गाउँपालिकाका प्रत्येक घरलाई निसंक्रमित गर्ने अभियान सुरु गरिएको छ ।
कोटहीमाई गाउँपालिकाका प्रत्येक घरमा गाउँपालिकाका सातै वटा वडाका लगभग ६ हजार घरघुरीमा स्प्रे टंकी र सोडियम हाइपोक्लोराइड आवश्यकता अनुसार प्रत्येक घरमा स्प्रे गर्नका लागि १४ जनाको टोली खटाएको गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले बताए।
कोरोना संक्रमणको जोखिम बढिरहेका बेला गाउँपालिकालाई नै सेनेटाईज गर्ने उद्देश्यले गाउँपालिकाले आन्तरिक बजेटबाट यो कार्यको सुरुवात गरेको गाउँपालिकावासीलाई कोभिडको प्रभावबाट जोगाउन निसंक्रमण सुरु गरिएको अध्यक्ष यादवले बताए ।
यादवले भने “प्रत्येक वडामा २ जनाको टोली बनाई प्रत्येक घरमा पु¥याईने यसरी पुगेको टोलीले निसंक्रमण गर्ने मात्र नभई कोभिडबाट जोगिन बिभिन्न सचेतनामूलक सन्देश पनि प्रवाह गर्ने बताए ।
खुल्ला सीमा रहेको कारण कोटहीमाई कोरोना संक्रमणको जोखिममा रहेको बताउदै यादवले यसले संक्रमण रोक्न केही राहत हुने भन्दै यसरी सबै घरमा पुगेर औषधी छर्किने बताए ।