Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

भिम अस्पताललाई ज्योति विकास बैंककाे सहयोग


  • लुम्बिनी चिन्तन
  • जेठ ३, २०७८ सोमवार
  • 1.4K
    SHARES

भिम अस्पताललाई ज्योति विकास बैंककाे सहयोग

भैरहवा । भिम अस्पताललाई ज्योति विकास बैक भैरहवा शाखाले ४० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकका भैरहवा शाखा प्रबन्धक मनोज भण्डारीले सो रकम बराबरको चेक अस्पताल व्यवस्थापन समितीका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई हस्तान्तरण गरेका हुन ।

अहिलेको असहज समयमा अस्पतालमा उपचारका लागि आएका बिरामीहरुको प्रयोजन हुने अक्सिजन सिलीण्डरमा मा अक्सिजन ग्याँस रिफील गर्न रकम हस्तान्तरण गरेको बताए ।

रकम बुझ्दै अस्पतालका अध्यक्ष नारायण भण्डारीले अहिले अक्सिजनको अभावमा उपचारमा रहेका कुनै बिरामीको ज्यान नजाओस् भन्ने प्रमुख उद्धेश्य रहेको र सिंगो अस्पताल व्यवस्थापन त्यसमा जुटेको बताए । अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि आवश्यक काम सुरु गरिसकेको जनाए ।

यस अघि आइतवार मात्रै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले १ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो भने लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले अक्सिजन सिलीण्डर रिफील गर्न रकम हस्तान्तरण गरेको थियो । त्यसै गरी अर्घाखाँची सिमेन्टले केएन ९५ मास्क अस्पताललाई प्रदान गरेको थियो ।

सो क्रममा अस्पतालका मेडिकल सुपेरीटेन्डेन्ट शकुन्तला गुप्ता, सिद्धार्थ उद्योग वणिज्य संघका सदस्य गोपाल भण्डारी समेतकाे उपस्थित थिए ।


लुम्बिनी चिन्तन

थप समाचार