Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

निषेधाज्ञाको अवज्ञा गर्ने रेष्टुरेण्ट संचालक सहित ३ जना कारवाहीमा


  • लुम्बिनी चिन्तन
  • जेठ ४, २०७८ मंगलवार
  • 1.7K
    SHARES

निषेधाज्ञाको अवज्ञा गर्ने रेष्टुरेण्ट संचालक सहित ३ जना कारवाहीमा

भैरहवा। रूपन्देहीमा जारी निषेधाज्ञाको अवज्ञा गर्ने हाेटल संचालक सहित ३ जना कारवाही गरिएकाे छ । निषेधाज्ञा अवधिमा बुटवल उपमहानगरपालिका–९ मिलनचोकस्थित सेराज रेष्टुरेण्ट सञ्चालन गरी अनावश्यक भिडभाड गराइ निषेधाज्ञाको अवज्ञा गरेकाेले तीनै जनालाइ नियन्त्रणमा लिइ संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दीएकाे छ ।

रेष्टुरेण्टका सञ्चालकसहित ३ जनालाई पक्राउ गरी कारवाही गरेका छाै, पक्राउ हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थायी घर बुटवल उपमहानगरपालिका –४ वस्ने ४४ वर्षका होटल संचालक शेर बहादुर भण्डारी, स्याङ्जा चापाकोट नगरपालिका– १० स्थायी घर भई बुटवल उपमहानगरपालिका–११ वस्न ४० वर्षका होटल संचालक शम्भु भट्टराई र उक्त होटलका बारटेण्डर रुकुम मगर रहेकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

निषेधाज्ञाको अवज्ञा गरी रेष्टुरेण्ट संचालन गर्दा उनीहरूबाट २७ हजार ३०० जरिवाना तिराएकाे छ । संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाईएकोमा जिल्ला प्रशासनले उनीहरुलाई १ महिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही ९ हजार १०० जरिवाना तोकिएको थियो । जरिवाना बाफतको रकम असुल गरी उनीहरुलाई छाडिएको प्रहरी प्रवक्ता थापाले बताए ।

रेष्टुरेण्ट संचालन गरी अनावश्यक भिडभाड गराई निषेधाज्ञाको अबज्ञा गरिरहेको अबस्थामा आइतबार वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट डिउटीमा खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा प्रहरी अधिकृत समेतको टोलीलाई डिउटीमा बाधा अबरोध समेत गरेको प्रहरीले जनाएको छ । रूपन्देहीमा वैशाख १६ देखि जेठ १३ सम्म निषेधाज्ञा जारी भएकाे छ ।

 

 


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रहरी कार्यालय

  • लुम्बिनी चिन्तन

    थप समाचार