Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सुधार आएको कुनै प्रमाण नभएकोले भारतमा प्लाज्मा थेरापीमा रोक


  • लुम्बिनी चिन्तन
  • जेठ ४, २०७८ मंगलवार
  • 1.4K
    SHARES

सुधार आएको कुनै प्रमाण नभएकोले भारतमा प्लाज्मा थेरापीमा रोक

काठमाडौं । भारतमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको प्लाज्मा थेरापी बन्द गरिएको छ।   

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले कोरोना संक्रमितको उपचारका लागि तयार गरिएको क्लिनिकल गाइडलाइनमा परिवर्तन गर्दै प्लाज्मा थेरापीमा रोक लगाएको हो। प्लाज्मा थेरापीबाट संक्रमितको स्वास्थ्यमा सुधार आएको कुनै प्रमाण नभएको बताइएको छ। 

आईसीएमआरले पछिल्लो वर्ष ४०० जना बिरामीमा प्लाज्मा थेरापीको परीक्षण गरेको थियो। त्यस क्रममा यो थेरापीको खासै फाइदा नदेखिएकाले रोक लगाइएको हो। अन्य देशमा भएका अध्ययनले पनि प्लाज्मा थेरापीको प्रभावकारिता देखिएको छैन। 

संक्रमितका लागि प्रयोग हुँदै आएको हाइड्रोक्सोक्लोरोक्विन औषधिले पनि बिरामीलाई फाइदा नपुगेको विभिन्न अध्ययनले देखाएका छन्। कोरोना संक्रमण भएर निको भइसकेको व्यक्तिको रगत लिएर संक्रमितको उपचारमा प्रयोग गर्ने पद्धति नै प्लाज्मा थेरापी हो। 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार