भैरहवा । रुपन्देही जिल्ला अस्पताल भिम अस्पतालको अध्यक्षमा नारायण भण्डारी नियुक्त भएका छन ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले नवनियुक्त अध्यक्ष भण्डारीलाई मंगलबार अस्पतालमा पदभार ग्रहण गरानएका हुन ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषदले जिल्ला अस्पतालको अध्यक्षमा भण्डारी सहित सदस्यमा संगिता रेग्मीलाई समेत नियुक्त गर्ने निर्णय गरेको थियाे । पदभार ग्रहण गर्दै द्वयले भण्डारी र रेग्मीले सबैको सल्लाह–सुझाव लिएर हातेमालो गर्दैै अगाडी बढ्ने बताए । अध्यक्षको पदभार ग्रहण गरेसँगै भण्डारीले कोभिड अस्पतालको रुपमा समेत रहेकोले विषम परिस्थितिमा अक्सिजनको अभावलाई हटाउन अस्पताल भित्रै अक्सिजन प्लान्ट संचालनका लागि अभियान चलाउने बताए । अस्पतालमा भर्ना भएका विरामीलाई अस्पतालबाट नै अक्सिजन पुग्ने गरी व्यवस्थापन गर्न प्रयास गर्ने जस्को अक्सिजनको व्यवस्थापन अस्पतालबाटै हुनु पर्ने भण्डारीले भने ।

अस्पतालको गुरुयोजना अनुसारको भौतिक संरचना बनाउनु पर्ने चुनौती छ यस्को व्यउवस्थापनका लागि बजेट देखि सबै कुराको व्यवस्थापनका लागि स्वास्थ्य मनत्रालय र अर्थ मन्त्रालयसँग समन्वय गरी अगाडि बढ्ने उनले बताए । अस्पताल विकास समितिका नवनियुक्त सदस्य संगिता रेग्मीले कोभिड–१९ को कठिन परिस्थितिमा जिम्मेवारी पाएको बताइन् । उनले सल्लाह–सुझाव लिएर अघि बढ्ने बताइन् ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले चुनौतीपूर्ण बेलामा जिम्मेवारी पाएको अस्पताल विकास समितिलाई सबैको सहयोग जरुरी रहेको बताए । उनले स्थानीय प्रशासनबाट अस्पताललाई सहयोग हुने बताए ।
पदभार कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, भीम अस्पताल विकास समितिका पूर्व सदस्य तथा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपाने, अस्पतालका पूर्व अध्यक्ष आनन्द प्रसाद गुप्ता, हितराज पन्थी लगायतले गुणस्तरीय सेवालाई ध्यान दिनुपर्ने पूर्वाधार र दक्ष जनशक्तिको आवश्यकता परिपूर्ति गर्नुपर्ने, कर्मचारीलाई प्रोत्साहित हुने वातावरणको सिर्जना गर्नुपर्ने, १५० शैयासम्मको सेवा दिने गरी अस्पतालको स्तरोन्नति हुनुपर्ने, यूवा तथा अस्पताललाई चाहे जस्तो अध्यक्ष पाएकोले अस्पतालले धेरै फड्को मार्ने विश्वास व्यक्त गरे ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले आवश्यक जनशक्ति प्रयाप्त नहुँदा सोचे अनुरुप काम गर्न सहज नभएको बताइन । अस्पताल विकास समितिले नेतृत्व पाएसंगै पहिलाको तुलनामा अब काम गर्न सहज हुने बताइन । अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले अस्पतालमा विरामीको चाप रहेकाले कोरोना संक्रमितको उपचारमा लागेको स्वास्थ्यकर्मीहरु पनि संक्रमित भएका छन, यस्तो विषम अवस्थामा अस्पतालले अभिभावक पाएको उनले बताए ।

अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) का नेता चोपलाल आचार्य, उद्योग व्यापार संगठन रुपन्देहीका उपाध्यक्ष रामचन्द्र रेग्मी, महासचिव अनिल कुमार ज्ञवाली, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष गणेश प्रसाद बेल्बासे, नेपाल एशोसिएशन टुर एण्ड टाभल्स एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर), समाजसेवी डा. राम प्रसाद बस्याल, गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द प्रसाद रेग्मी, भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेल, कोरोना फोकल पर्सन डा. आरिफ हुसेन, आकस्मिक कक्ष इञ्चार्ज सविता शर्मा, अस्पतालका लेखा अधिकृत गणेश मरासिनी लगायतको उपस्थिति रहेको थियो ।
स्वास्थ्य तथा जनसंया मन्त्रालय लुम्बिनी प्रदेशले स्वास्थ्य संस्था स्थापना, संचालन, नविकरण तथा स्तारोन्नती नियमावली २०७७ को दफ २५ बमोजिम प्रदेश मन्त्री परिषदको वैशाख २१ गतेको निर्णय अनुसार ३ वर्षका लागि अध्यक्षमा मनोनित भएका हुन ।
साेअवसरमा हाेटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष गणेश प्रसाद बेल्बासेले अस्पताललाइ अक्सिजन प्लान्टकालागि ३१ हजार सहयाेग गरेका थिए ।