Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लमजुङमा दुई भूकम्प,  ५ जना घाइते १० घर भत्किए


  • लुम्बिनी चिन्तन
  • जेठ ५, २०७८ बुधवार
  • 2.2K
    SHARES

लमजुङमा दुई भूकम्प,  ५ जना घाइते १० घर भत्किए

बुटवल । लमजुङमा बुधबार बिहान दुई वटा भूकम्प गएका छन् । बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ र ८ बजेर ३६ मिनेट जाँदा ५.३ रेक्टर स्केलका भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

भूकम्पको केन्द्रविन्दु मर्स्याङ्दी गाउँपालिका रहेकाेले बढीजसो क्षति पुगेको छ । भूकम्पको धक्का गण्डकी प्रदेश, लुम्बिनीका केही जिल्ला र काठमाडौं उपत्यकासहित केही जिल्लामा महसुस गरिएको छ । केन्द्रले २०७२ सालमा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पको पराकम्पन स्वरुप आज लमजुङमा भूकम्प गएको बताएको छ । भूकम्पको धक्का लमजुङसहित गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ, काठमाण्डौ लगायत विभिन्न जिल्लामा महसुस गरिएको छ ।

भुलभुले आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि पाँच जना घाइते भएका छन् । भूकम्पले घर भत्काउँदा बेशींसहर नगरपालिकामा तीन जना र मर्स्याङ्दी गाउँपालिकामा दुई जना घाइते भएका छन । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै अहिलेसम्म १० वटा घर भत्किएको विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दीएकाे छ  ।

 


लुम्बिनी चिन्तन

थप समाचार