Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जेसिआई सिद्धार्थ द्वारा भिम अस्पताललाई अक्सिजन सिलिण्डर


  • लुम्बिनी चिन्तन
  • जेठ ५, २०७८ बुधवार
  • 1.1K
    SHARES

जेसिआई सिद्धार्थ द्वारा भिम अस्पताललाई अक्सिजन सिलिण्डर

भैरहवा । जेसीआई सिद्धार्थ, नेपालले भैरहवास्थित भीम अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान गरेको छ । ‘मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो’ भन्ने नारालाई आत्मसात गर्दै अस्पताललाई मंगलबार १० थान अक्सिजन सिलिण्डर प्रदान गरिएको जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताए ।

अहिलेको विषम परिस्थितिमा कोरोना संक्रमितको उपचारमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पताललाई अक्सिज सिलिण्डर हस्तान्तरण गरेका हौं, ‘ज्ञवालीले भने । संस्थाले सिलिण्डर भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा बोल्दै अध्यक्ष भण्डारीले जेसीआई सिद्धार्थ नेपालले अत्यन्तै सराहनीय कार्य गरेको बताए । अक्सिजन सिलिण्डर जेसीआई सिद्धार्थका पूर्व अध्यक्ष लेखनाथ भट्टराईले सहजीकरण गर्नुभएको कार्यक्रम संयोजक दिपक सापकोटाले जानकारी दिए । आगामी दिनमा अक्सिजन वितरण कार्यक्रमलाई निरन्तरता दिइने जेसीआई सिद्धार्थ वर्ष २०२१ का महासचिव सागर पोखरेलले जानकारी दिए ।


लुम्बिनी चिन्तन

थप समाचार