Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

झडपमा गाेली लाग्दा एककाे मृत्युु


  • लुम्बिनी चिन्तन
  • जेठ ५, २०७८ बुधवार
  • 1.3K
    SHARES

झडपमा गाेली लाग्दा एककाे मृत्युु

परासी - नवलपरासी पश्चिममा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका वनकट्टी बाट केही व्क्ती जवरजस्ती भारत जान खोजेपछि झडप भएको थियो । झडपका क्रममा प्रहरीले गोली चलाउँदा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षिय अविनाश राजभर घाइते भएका थिए । उनलाई उपचारका क्रममा बुटवल ल्याउँदै गर्दा मृत्यु भएको हो । 

भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । सुरुमा ५÷७ जनाको समूहमा जान आएका व्यक्तिहरुलाई सशस्त्रले रोकेर जान नदिएपछि उनीहरुले गाउँमा पुगेर अरु स्थानीयलाई खबर गरेका थिए । ५०÷६० जनाको समूहमा आएका स्थानीयहरुले सशस्त्रमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए ।

 भिडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र नायब निरक्षक सई शंकर बुढाथोकी घाईते भएको र उनको टाउकोमा गंभिर चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार