सियारी । पूर्व कृषि मन्त्री घनश्याम भुसालले ३ वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएका छन ।
सियारी गाउपालीका वडा नम्बर ७ ले पश्चिम् अमवामा संचालन गरेको अस्पतालमा २ वटा र शुद्धोधन गाँउपालिकाद्वारा संचालित आइसोलेसन केन्द्रका लागि एक वटा अक्सिजन कन्सन्ट्रेटर रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य समेत रहेका भुसालले उपलब्ध गराएका हुन ।
कोभिड आइसोलेसन सेन्टरमा आपतकालीन अवस्थामा प्रयोगमा ल्याउनको लागि इलेक्ट्रीकबाट अक्सिजन बनाउने मेसिन (कन्सन्ट्रेटर ) प्रदान गरिएको हो । उपकरण बुझदै सियारी गाउपालीकाका अध्यक्ष अयोध्या प्रसाद थारुले महामारी तथा अक्सिजन अभावको अहिलेको अवस्थामा यो उपकरण संकटको बेला अक्सिजन सिलिन्डरको विकल्पको रूपमा प्रयोग हुने र प्राप्त सहयोगले धेरै संक्रमितको उपचारमा सहजता हुने बताए ।
सियारी गाउपालीकाका अध्यक्ष चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष सरोज अधिकारी ,अस्थायी कोभिड अस्पतालका स्वास्थ्यकर्मी लगायतलाई संयुक्त रुपमा संसदीय सम्पर्क कार्यालय भैरहवाका प्रतिनिधि मनोज रिजाल तथा किरण नेपालले हस्तान्तरण गरेका थिए ।
यसअघि सांसद भुसालले सिद्धार्थनगर नगरपालिकाले भैरहवास्थित बसपार्कमा संचालन गरेको आइसोलेसन सेन्टरमा पनि स्वास्थ्य सामाग्री सहयोग गरेका थिए । छिट्टै भैरहवास्थित भीम अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण सहयोग गर्ने तयारी भइरहेको संसदीय सम्पर्क कार्यालय भैरहवाका प्रतिनिधि रिजालले भने ।