भैरहवा । बुधबार रूपन्देहीमा ३ सय ९ जना कोराेना संक्रमित थपिएका छन् भने साेही अवधीमा १० जनाको मृत्यु भएको छ । रूपन्देहीमा सक्रिय संक्रमितको संख्या ५ हजार ८८८ पुगेको छ । मृत्यु हुनेको संख्या ३७७ पुगेको छ ।
१००९ जनाको कोरोना परीक्षण गर्दा ३०९ जनामा संक्रमण पुष्टि भएको हाे । ।बुटवल उपमहानगरमा सबैभन्दा धेरै १०६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरि तिलोत्तमामा ८३ जना, सिद्धार्थनगर नगरपालिकामा २७ जना, देवदह नगरपालिकामा २२ जना, सैनामैना नगरपालिकामा २५ जना, ओमसतिया गाउँपालिकामा १४ जना, शुद्धोधन गाउँपालिकामा ९ जना, सियारी गाउँपालिका र रोहिणी गाउँपालिकामा ५-५ जना, कञ्चन गाउँपालिकामा ४ जना, गैडहवा गाउँपालिका र मायादेवी गाउँपालिकामा ३र३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना र कोटहीमाई गाउँपालिकामा १र१जना संक्रमित थपिएका छन् ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार १७ पुगेको छ । जसमध्ये १७ हजार ७५२ जना निको भएका छन भने पछिल्लो २४ घण्टामा ७ सय ९ जना संक्रमित निको भएका छन् । हाल जिल्लामा ५ हजार ८८८ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप १० संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३७७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बैशाख ३० गते जिल्लामा १२ सय ९७ जनाको परीक्षण गर्दा ४९४ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै बैशाख ३१ गते ५१४, जेठ १ गते ४८६, जेठ २ गते ३९४, जेठ ३ गते ३७७ र हिजो ३६१ जनामा कोरोना संक्रमण देखिएको थियो ।