भैरहवा । सिद्धार्थनगर नगरपालिकाद्धारा सन्चालित आइसोलेसन सेन्टरमा बुधबारसम्म ३५ जनाले सेवा लिएका छन । ३५ जना मध्ये २० जना निको भएर घर फर्किएका हुन भने बांकी १५ जना चितवन,काठमाडौ र भिम अस्पतलमा रिफर गरिएको नगरपालिकाले जनाएको छ ।
सिद्धार्थनगरको बसपार्कमा सन्चालन भएको आइसोलेसनमा अहिले ९ जना कोरोना संक्रमित बिरामीले उपचार लिइरहेका छन । आइसोलेसन सन्चालनमा खटिएका चिकित्सक सहित ३ जना अहिले कोरोना संक्रमित हुन पुगेका छन । सेन्टरमा संक्रमितको उपचारमा लागिरहनुभएका डा.अरुण खरेल सहित अहेव १ जना र १ जना कर्मचारीमा कोराना भाइरस कोभिड १९ पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासिनीले बताए ।
संक्रमित डा.खरेल अहिले पनि बाहिरबाटै संक्रमितको उपचार र परामर्शमा लागेका छन । सेन्टरमा स्वास्थ्यकर्मीको कमी हुन नदिन नगरपालिकाका विभिन्न वडाहरुमा रहेका स्वास्थ्य चौकीहरुका स्वास्थ्यकर्मी कर्मचारीहरु पनि आइसोलेसन सेन्टरमै खटिनुपरेको अधिकृत मरासिनीले बताए । जसले गर्दा वडास्तरमा काम प्रभावित बनेको छ ।
आइसोलेसन सेन्टर सन्चालनका क्रममा अहिले आवश्यकपर्ने अक्सिजन सिलिण्डर पुगिरहेको सेन्टरमा खटिएका कर्मचारी कपिल थापा मगरले बताए । आइसोलेसन सेन्टरमा नेपाल रेडक्रस सोसाइटी सिद्धार्थनगर शाखा, रोटरी क्लब,युनिसेफ ,माइती नेपाल लगायतका संघ संस्थाले सहयोग गरेको नगरपालिकाले जानकारी दिएकाे छ ।
यस्तै नगरपालिकाद्वारा सन्चालित बेलहिया हेल्पडेक्समा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण देखिएकाे छ । हेल्पडेक्मा कार्यरत कर्मचारी मध्ये ५ जना कोरोना संक्रमितमा परेपछि थप कर्मचारी पठाइएको नगरपालिकाले जनाएको छ । त्यस्तै सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख हरिप्रसाद अधिकारी २ साताकाे हाेम क्वारेन्टिन पछि बुधबारबाट फिल्डमा खटिने बताएका छन । काेराेना संक्रमित हुन पुगेका नगरप्मुखकाे पिसिअार रिपोर्ट नेगेटिभ अाएपछि अाजबाट फिल्डमा खटिने कार्यालयले जानकारी दिएकाे छ ।