भैरहवा । भिम अस्पतालले एक महिनामा अक्सिजन प्लान्ट जडान गर्ने गरी तयारी गरेको छ । विभिन्न दाताहरुबाट दैनिक जसो सहयोग आइरहेको छ, सरकारले पनि बजेट दिएकोले अबको एक महिना भित्र अस्पतालमा अक्सिजिन उत्पादन गर्न सक्ने किसिमले कोटेशन आव्हान गर्न लागेको अस्पतालका नवनियुक्त अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै अस्पताल विकास समितिले अक्सिजन प्लान्ट स्थापनालाई प्राथमिकता दिएको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सशस्र्त अनुदान वापत ३ करोड रुपैयाँ बिनियोजन भएको छ, बिनियोजित बजेटले तोकिएको अक्सिजन प्लान्ट स्थापना गरेर बाकी रकम आइसीयू बेड र भेन्टिलेटर लगायतका कोभिड महामारीकै स्वास्थ्य व्यवस्थापनकमा खर्च गरिने भण्डारीले बताए ।
कोरोना संक्रमित मृतकको शव व्यवस्थापन गर्न अस्पताल प्रशासनले कुनै पनि किसिमको रकम नलिई अफवाह फैलाउने काम भएको बताउदै अध्यक्ष भण्डारीले अस्पतालको तर्फबाट कसैले रकम लिएको छैन, कुनै कर्मचारीको संलग्नता भएको प्रमाण भेटिए हामी निलम्बन सम्मको कारवाही गरी शुल्क फिर्ता समेत गराउने बताए ।
२५ वेड क्षमताको अस्पतालको रुपमा स्वीकृत भिम अस्पताल ५० वेडको बनाउने निर्णय भएपनि हाल सम्म पत्र आएको छैन । सिमित जनशक्तिमै हामी अनुमति भन्दा ३ गुण बढि वेडबाट विरामीलाई सेवा दिइरहेका छौ । कोभिडकै केसमा हामीले ९९ जना विरामीलाई पनि एकै साथ सेवा दिएको अध्यक्ष भण्डारीले बताए । अप्रयाप्त जनशक्तिका वावजुद अस्पतालले कोभिड संक्रमित बिरामीको उपचारका लागि ६८ वडा बेड छ, तर अकस्मिक वेडहरु सहित अहिले ८० वटा वेड सम्म सेवा दिइरहेको उनले जानकारी दिए ।
अस्पतालकी मेसु शुन्तला गूपताले सञ्चारकर्मीहरुलाई चिकित्सकको मनोबल घट्ने गरी समाचार प्रकाशन गर्न आग्रह गरिन । हामीले अस्पतालको अधिकांस सेवाहरु यो महामारीमा निशुल्क गरेका छौ, भर्ना शुल्क, वेड चार्ज, ल्याब चार्ज, सकभर सबै औषधी नि शुल्क दिइरहदा पनि बाहिर अस्पताल प्रतिको नकारात्मक सन्देश गएकोले दिनरात खट्ने कर्मचारीको मनोबल घट्ने काम नगरीदिनु हुन मेसु गुप्ताले सबैमा आग्रह गरिन ।
गेट भित्र अनावश्यक व्यक्तिको प्रवेश नहोस भन्नका लागि बन्देज लगाइएको छ, कोभिड अरु रोग जस्तो नभएर उच्च संक्रमण रहेको विरामीबाट अन्यमा संक्रमण नफैलियोस, इन्फेक्सन नहोस भन्नका लागि प्रहरी सम्म खटाएका छौ । धेरै भन्दा धेरै विरामी निको भएर जाउन भन्नका लागि अस्पतालको टिम लागीपरेको मेसु गूप्ताले बताईन ।