Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

संक्रमण घट्दै, बिहीबार २९४ जना संक्रमित थपिए, ४८६ निकाे भए


  • लुम्बिनी चिन्तन
  • जेठ ६, २०७८ बिहिवार
  • 494
    SHARES

संक्रमण घट्दै, बिहीबार २९४ जना संक्रमित थपिए, ४८६ निकाे भए

भैरहवा  । जेठ महिनाको सुरुवातसँगै रुपन्देहीमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा कमी आएको छ । जिल्लामा पछिल्लोे २४ घण्टाको अवधिमा १ हजार १८५ जनाको कोरोना परीक्षण गर्दा २९४ जनामा संक्रमण पुष्टि भएको छ भने ४ सय ८६ जना संक्रमित निको भएका छन्।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा बुटवल उपमहानगरमा सबैभन्दा धेरै ९० जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि तिलोत्तमामा ६९ जना, सिद्धार्थनगर नगरपालिकामा २४ जना, देवदह नगरपालिकामा २३ जना, सैनामैना नगरपालिकामा ५६ जना, कञ्चन गाउँपालिकामा ७ जनामा, ओमसतिया गाउँपालिकामा ६ जना, सियारी गाउँपालिकामा ५ जना, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, कोटहीमाई गाउँपालिका, गैडहवा गाउँपालिका र रोहिणी गाउँपालिकामा २÷२ जनामा र मर्चवारी गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ३१२ पुगेको छ । जसमध्ये १८ हजार २३८ जना निको भएका छन । हाल जिल्लामा ५ हजार ६९१ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३८१ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बैशाख ३० गते जिल्लामा १२ सय ९७ जनाको परीक्षण गर्दा ४९४ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै बैशाख ३१ गते ५१४, जेठ १ गते ४८६, जेठ २ गते ३९४, जेठ ३ गते ३७७ र जेठ ४ गते ३६१ र हिजो ३०९ जनामा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमणसँगै  सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ । जेठ १ गते ७ हजार १ सय १ रहेको सक्रिय संक्रमित दिनानुदिन घट्दै गएको छ । जेठ २ गते ६९१४, जेठ ३ गते ६६२८, जेठ ४ गते ६२४३, जेठ ५ गते ५८८८ र आज जेठ ६ गते घटेर ५६९१ पुगेको छ ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार