Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

संक्रमित मृतकको शव व्यवस्थापन निशुल्क हुन्छ,  सेनाले गर्यो ४१० शव व्यवस्थापन

११८ जिल्ला बाहिरको शव सतगत


  • लुम्बिनी चिन्तन
  • जेठ ७, २०७८ शुक्रवार
  • 2.2K
    SHARES

संक्रमित मृतकको  शव व्यवस्थापन निशुल्क हुन्छ,  सेनाले गर्यो  ४१० शव व्यवस्थापन

भैरहवा । कोरोना संक्रमित मृतकको शव व्यवस्थापन निशुल्क भएपनि आम नागरिकले समस्या भोगिरहेका छन । आइतबार भीम अस्पतालमा उपचाररत सिद्धार्थनगर नगरपालिका–१, पक्लिहवाका एक संक्रमितको मृत्युपछि आफन्तले शव ब्यवस्थापनका लागि ४० हजार रुपैयाँ लिएर केही युवाहरुले स्वर्गद्वारी घाटमा शव व्यवस्थापन गरेको कुरा बाहिर आएपछि सामाजिक संजाल भरि चर्चा हुन पुग्यो । बिहीबार अस्पताल विकास समितिले पत्रकार सम्मेलन गर्दै सो कुराको खण्डन गर्यो । शव रकम लिएर शव व्यवस्थापनका लागि अस्पतालका कुनै कर्मचारीको मिलोमतो नभएको र भएको भए निलम्बन सम्मको कारवाही गर्ने अस्पतालले पत्रकार सम्मेलनबाट जानकारी गराए । 

जिल्लाका पाँचवटै कोरोना अस्पताल र सबै आइशोलेशन सेन्टरमा रहेर मृत भएका संक्रमितहरुको शव व्यवस्थापन सेनाले निरन्तर गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत नेपाली सेना गरुड दल गण बुटवलले शव व्यवस्थापनको जिम्मा पाएको छ । सेनाको जनशक्ति र मृतकको पालिकाले खर्च दिने शर्तमा आम नागरिकबाट नि शुल्क रुपमा शव व्यवस्थापन भइरहेको छ ।

नि शुल्क शव व्यवस्थापन हुन्छ भन्ने जानकारी आम नागरिकमा नभएकोले मृतकका आफन्तले शव व्यवस्थापनको नाममा शुल्क दिएर ठगिएका छन । यस्तो महोलमा पनि केही तत्वहरुले यसमा संलग्न रहेको पाइएकोले प्रशासन तिनीहरुको खोजीमा छ ।

एउटा कोरोना संक्रमितको शब ब्यवस्थापनमा सरदर ७ देखी १० हजार रुपैया खर्च लाग्ने गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए । शब ब्यवस्थापनमा शब बोक्ने एम्बुलेन्सलाई १५ लिटर डिजेल र चालकलाई २ हजार भत्ता, त्यसैगरी खाल्टो खन्ने डोजरका लागी ३५ लिटर डिजेल सो चालकलाई १ हजार भत्ता र अन्य खर्च शब सडाउनका लागी नुन आदिमा खर्च हुने गरेको  प्रशासकिय अधिकृत जनक थापाले बताए ।

शब ब्यवस्थापन गर्दा हुन आउने खर्च सम्बन्धीत मृतकको पालीकाबाट हुने भुक्तानी गर्ने गरी खर्च बिवरण सम्बन्धीत पालीकाहरुमा जाने  र पालिकाले नै शब ब्यवस्थापनको खर्च व्योहोर्ने व्यवस्था भएको छ भने  अन्यत्र जिल्लाहरुको हकमा प्रदेश सरकारको कोबिड कोषबाट खर्चको व्यवस्था मिलाउने व्यवस्था भएको प्रशासकिय अधिकृत थापाले बताए ।

सेनाले शवको व्यवस्थापन निरन्तर गर्दै 
नेपाली सेनाले रुपन्देहीका अस्पतालहरुमा कोरोना संक्रमण बाट मृत्यु भएका ४ सय १० जना भन्दा बढीको शब ब्यवस्थापन गरेको छ । नेपाली सेनाको गरुड दल गण बुटवलले रुपन्देहीका बिभिन्न पांच वटा कोरोना अस्पतालहरुमा उपचारका क्रममा र होम आईसोलेसनमा रहेर मृत भएका ४ सय १० जना भन्दा बढीको शब ब्यावस्थापन गरेको गरुड दल गणका गणपति राम कृष्ण श्रेष्ठले जानकारी दिए ।

ब्यवस्थापन गरिएका शबहरु मध्ये २ सय ९२ वटा रुपन्देही जिल्लाका हुन भने  १ सय १८ जना अन्य जिल्लाबाट उपचारका लागी रुपन्देहीका अस्पताल आएका विरामीहरुको रहेको गणपति श्रेष्ठले बताए । मृतकको शब ब्यवस्थापन गर्ने श्रद्धाञ्जली दिने सबै काम सेनाले गरेको उनले बताए ।

कोरोना संक्रमितहरुको शब ब्यवस्थापनमा सेनालाई कुनै पनि सुबिधा नभएको गरुण दल गण बुटवलका गणपति राम कृष्ण श्रेष्ठले गुनासो गरे । नेपाली सेनाले नियमित डिउटी गरे सरह काम गरेको छ, शब व्यस्थापनमा जांदा प्रयोग भएको गाडी, सेनाको जनशक्ती प्रयोग लगायत सेनाबाट भएका कामहरु बापत कुनै सुबिधा नरहेको उनले बताए । शव सतगत गर्दा सेनाका जवानहरुले प्रयोग गर्ने पिपिई मात्र सरकारबाट आउने गरेकाे उनले बताए ।

कहिले काही एक दुई वटा शब ब्यावस्थापनमा समस्या भएको छ । सेनालाई शब दिदा र्यापीङ गरेर दिनु पर्ने शब ब्यवस्थापन निर्देशिकामा छ । अस्पतालमा भएका सबै शबहरु र्यापिङ भएका हुन्छन् तर कहिले कांही होम आईसोलेसनमा भएका शबहरु रपिङ नभएको हुदा सेना आफैले र्यापीङ गरेर लैजाने गरेको छ । जस्को घरमा महिला मात्र छ, रातीको समय पानी परेको समयमा जनस्वास्थ्यका टिम आउन नसकेको अवस्थामा केही शबहरु सेना आफैले र्यापीङ गरेर लैजाने गरेको गणपति श्रेष्ठले बताए ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार