Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जनताको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री पोखरेल


  • लुम्बिनी चिन्तन
  • जेठ ७, २०७८ शुक्रवार
  • 1.6K
    SHARES

जनताको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री पोखरेल

काठमाण्डौ । उपप्रधानमन्त्री तथा कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीका संयोजक ईश्वर पोखरेलले अक्सिजन र खोपका लागि जतिसुकै बजेट लागे पनि, जुनकुनै प्रक्रियाबाट भए पनि ल्याउने र जनताको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

शुक्रवार काठमाण्डौ महानगरपालिकाको सहयोगमा राधास्वामी सत्सङ्ग व्यास, नेपाली सेना, अमेरिका–नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा सामाखुशीमा स्थापना भएको थेरापीसहितको अक्सिजन केन्द्रको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले छिमेकी देश भारत र चीनबाट नेपालमा अक्सिजनलगायतका स्वास्थ्य सामग्री प्राप्त हुन थालेको बताए । उनले अक्सिजन र खोपका लागि जतिसुकै बजेट लागे पनि, जुनकुनै प्रक्रियाबाट ल्याउन सरकार प्रतिबद्ध छ ।

उनले भने  अक्सिजन र भ्याक्सिनका लागि जीटुजीबाट लिए पनि, बीटुबीबाट लिए पनि, जुनसुकै तरिकाबाट लिए पनि नागरिकको स्वास्थ्य रक्षा गर्ने पहिलो कुरा हो । त्यसमा जतिसुकै बजेट लागोस् । जहाँसुकै भन्नु परोस् । सरकारको प्राथमिकता हो ।  अक्सिजन छिमेकी देश भारत सरकारबाट, भारत सरकारका प्रधानमन्त्रीसँग कुराकानी गरेर अहिले प्राप्त हुन थालेको छ । चीनबाट पनि अक्सिजन भरिएका सिलिन्डर हामीले प्राप्त गर्न थालेका छौँ । निजी क्षेत्रलाई पनि ल्याउनका लागि जसरी सहजता हुन्छ त्यो सहज गराउन कोसिस गरिन्छ ।

उपप्रधानमन्त्री पोखरेलले विभिन्न विदेशी देशबाट स्वास्थ्य सामग्री सहयोग आएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यकताका आधारमा वितरण गर्ने बताए । काठमाण्डौको सामाखुशीमा काठमाण्डौ महानरपालिकाको आर्थिक सहयोगमा राधास्वामी सत्सङ्ग व्यास, नेपाली सेना, अमेरिका–नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा ८८ बेडको थेरापीसहितको अक्सिजन केन्द्रको स्थापना गरिएको छ ।

अक्सिजन केन्द्रले अस्पतालमा अक्सिजनको अभावमा रहेका बिरामीलाई बचाउनका निम्ति काम गर्ने नेपाली सेनाका महासेनानी डाक्टर सुमनलाल डंगोलले बताए । केन्द्रमा अरू स्वास्थ्य अवस्था ठिक भएका तर अक्सिजन चाहिने बिरामीलाई अस्पतालले रिफर गरेअनुसार थेरापीमार्फत अक्सिजन दिइने बताए ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार