Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

केबलकार उत्तरप्रदेश सम्मको जनताका लागि गनतव्य : प्रम ओली


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १, २०७७ शनिवार
  • 2.3K
    SHARES

केबलकार उत्तरप्रदेश सम्मको जनताका लागि गनतव्य : प्रम ओली

भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले देश हरेक क्षेत्रमा अगाडि बढिरहेको बताएका छन ।

लुम्बिनी केबलकार आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले रुपन्देही र लुम्बिनी विकास तर्फ लम्की रहेको छ, यहाँ पर्यटनको विकासकोलागि लुम्बिनी केबलकारले टेवा पु¥याउने बताए । आज यहा गर्मी भएको छ अर्को वर्ष केबलकारमा डाडामा गई शितलता लिनु पर्छ । देश हरेक क्षेत्रमा अगाडि बढिरहेको छ , पर्यटन क्षेत्रको विकासका लागि केबलकारको शिलान्यास भएको छ यस आयोजनाले समग्र पर्यटन क्षेत्रलाई मात्र नभएर रुपन्देही, लुम्बिनी प्रदेश, भारतको उत्तर प्रदेश सहित अन्य क्षेत्रका पर्यटकका लागि बाटो खोलेको बताए ।   यसले नेपालको मात्र नभई अन्य पर्यटकका लागि पनि सजिलो र आकर्षक गन्तब्य हुन्छ, विदेशी पर्यटकमाझ यो केवलकार लोकप्रिय बन्नेछ ।

cable car.jpg
सरकार एकलैले सबै गर्नु सम्भव छैन, निजी क्षेत्रसँगको सहकार्य विना सबै गर्नु पनि सम्भव छैन ।  विकास निर्माणको काम सरकारले मात्र एक्लैले गर्न सम्भव नभएकाले निजी क्षेत्रको सहकार्यलाई नै प्राथमिकतामा राखिएको छ ।  सरकारले सहकार्य गर्छ, सरकारले जमिन दिने, बाटो बनाउने, निति बनाउने काम गर्छ विकासको लागि सरकार पछि हट्दैन प्रम ओलीले भने ।
केबलकार बुटवलदेखि पाल्पा बसन्तपुर जोड्ने छ । बुटवलको चिडियादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने करीब तीन किमीको केबलकारको बुटवल बम्घाटमा शिलान्यास भएको छ । तीन अर्ब ५२ करोडको लागतमा निर्माण हुने केबलकार सञ्चालनको लागि लुम्बिनी केबल कार प्रालिलाई मन्त्रिपरिषद बैठकले ६.५ हेक्टर बन क्षेत्र २५ वर्ष सम्म उपयोग गर्न स्वीकृती दिएको छ ।


२ बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि निर्धारित समय भन्दा अगावै केबुल कार संचालनमा ल्याउने केबुल कार प्रलिका अध्यक्ष चन्द्रप्रकाश ढकालले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार