Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कपिलवस्तुका पाण्डेलाई गोली प्रहार गर्ने सार्वजनिक, रिसिबीका कारण गोली प्रहार गरेको स्विकार


  • लुम्बिनी चिन्तन
  • जेठ ८, २०७८ शनिवार
  • 1.3K
    SHARES

कपिलवस्तुका पाण्डेलाई गोली प्रहार गर्ने सार्वजनिक, रिसिबीका कारण गोली प्रहार गरेको स्विकार

कपिलवस्तु । नेकपा माओवादी केन्द्र कपिलवस्तुका नेता दिपक पाण्डेमाथि गोली प्रहार गर्ने २ जना आरोपित पक्राउ भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुधबार राति पाण्डेमाथि गोली प्रहार गर्ने २ जना आरोपितलाई प्रकाउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

घटनाका आरोपित कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ बर्षीय ओमप्रकाश यादव र सोही नगरपालिका वडा नं. २ बस्ने साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

IMG_0013.JPG

नेता पाण्डेमाथि ३ राउण्ड गोली प्रहार प्रहार भएको थियाे । उनकाे भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । घटनामा संलग्नबाट लु १६ प ३४९७ नं. को पल्सर मोटरसाइकल, दुई थान मोवाईल, एक थान जंगी राउण्ड, एक थान खोका पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाउ परेका आरोपित यादवले व्यक्तिगत रिसिबीका कारण आफुले गोली प्रहार गरेको प्रहरी सामु स्विकार गरेका छन् । व्यक्तिगत दुष्मनीका कारण आफुले हत्याको योजना बनाएको पनि यादवले प्रहरी सामु बताएका छन् । नेता पाण्डे सडवाबाट तौलिहवा तर्फ आफ्नो निजी मोटरसाइकलमा आउँदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । पाण्डेसंगै रहेका अर्का भारतीय नागरिक मोहमद ईसाद खानपनि घाइते भएका थिए । 


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रहरी कार्यालय

  • लुम्बिनी चिन्तन

    थप समाचार